संगीत

गीतकार पनेरूको 'सुखी हुनु छैन मलाई' बोल गीतको म्युजिक भिडियो सार्वजनिक

इकागज |
असोज १०, २०७९ सोमवार १८:५६ बजे

काठमाडौँ- गीतकार केदार पनेरूको 'सुखी हुनु छैन मलाई' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा 'सुखी हुनु छैन मलाई' बोलको गीत वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उक्त भिडियो लोकार्पण गरेका हुन् ।

गायक स्वरूपराज आचार्यले गीत गाएका छन् । संगीतकार किर्ति न्यौपानेको संगीत  र भिडियोमा वरिष्ठ कलाकारले मदनकृष्ण श्रेष्‍ठले अभिनय गरेका छन् ।


गीतकार पनेरुले नेपाली साहित्य तथा गीतको क्षेत्रमा आफू सिकारु रहेको बताए । 'नेपाली साहित्य बजारमा आफ्नो प्रयास इट्टा मात्र हो,' उनले गीतको बारेमा भने, 'मानिस बाहिरी रूपमा सुखी भए पनि भित्र हुन सकेको हुँदैन । मेरो गीतले यथार्थ भावना पोखोस भन्ने छ ।'

वरिष्ठ कलाकार श्रेष्‍ठले गीतमा अभिनय गर्ने अवसर पाएकोमा गीतकार पनेरुलाई धन्यवाद व्यक्त गरे ।

<


Author

थप समाचार
x