संगीत

मुस्ताङमा मोडल तथा अभिनेता निराजन प्रधानको नयाँ म्युजिक भिडियो

इकागज |
मंसिर २३, २०७९ शुक्रबार ११:३० बजे

काठमाडौँ- मोडल तथा अभिनेता निराजन प्रधानको नयाँ म्युजिक भिडियो आउने तयारीमा छ । एकपछि अर्को सफल म्युजिक भिडियोमा अभिनय दिइरहेका निराजनको नयाँ भिडियोको सुटिङ यति बेला मुस्ताङमा भइरहेको छ ।

यो नयाँ भिडियोलाई लामो समयको अन्तराल पछि रिबेल प्रोडक्सनले बजारमा ल्याउन लागेको हो । कमल खत्रीको आवाज रहेको सुन र चाँदी बोलको गीतमा धमाधम सुटिङ चलिरहेको छ ।

विभोर पोखरेलको निर्देशनमा तयार हुने गीतको टिम अहिले मुस्ताङमा छ । सोही गीतमा फिर्चड निराजन प्रधान छन् । गीतको भिडियो बजारमा आउन दुई हप्ता लाग्ने निर्माण टिमले बताएको छ ।

छायाकंन स्थलबाट सार्वजनिक भएका तस्बिरहरू हेर्दा सुन्दर र रमर्णय स्थानमा छायाकंन हुनुका साथै निराजन प्रधानको म्युजिक भिडियोमा एक्सन हुन सक्ने अनुमान लगाउन सकिन्छ । यो भिडियोको छायाकार मिलन शंकर रहेका छन् ।

लामो समयदेखि म्युजिक भिडियोमा अत्यधिक व्यस्त मोडलको परिचय बनाएका प्रधानले अहिलेसम्म हजारभन्दा बढी भिडियोमा अभिनय गरिसकेका छन् । दर्शकहरूबाट धेरै रुचाइएका कारण उनले एकमाथि अर्को अवसर पाउँदै आएका छन् ।

निराजनले विभिन्न फिल्ममा अतिथि भूमिकामा आफ्नो अभिनय प्रस्तुत गरिसकेका छन् । उनले अहिले सम्म लोकप्रिय निर्देशक तथा नयाँ पुस्ताका अभिनेत्री र मोडलहरूसँग काम गरिसकेका छन् ।

श्रावण २० मा प्रदर्शन भएको फिल्म ‘म’ बक्स अफिसमा असफल भए पनि निराजनले गरेको अभिनयले निकै राम्रो तारिफ पाएको थियो ।



Author

थप समाचार
x