संगीत

चर्चित गायिका निरा छन्त्याल दुर्घटनाग्रस्त विमानमा सवार

इकागज |
माघ १, २०७९ आइतबार १३:३७ बजे

काठमाडौं– पोखरामा आज भएको विमान दुर्घटनामा एक गायिका पनि सवार रहेको खुलेको छ । दोहोरी गायिका निरा छन्त्याल सो विमानमा काठमाडौंबाट पोखराका लागि उडेकी थिइन् । 
गायिका छन्त्याल पोखरामा हुने कार्यक्रमका लागि जाँदै थिइन् । उनी छन्त्याल समाज कास्कीको आयोजनामा भएको मगर दिवसको कार्यक्रमका लागि जाँदै गरेकी हुन्।
उनी हिजो राजधानीमा छन्त्याल समाजले आयोजना गरेको कार्यक्रममा सहभागी थिइन् । हिजोको कार्यक्रमका फोटोहरु आफ्नो फेसबुकमा राख्दै लेखेकी थिइन् ‘यसैगरी,भोलि पोखरा रमाइलो गर्नुपर्छ’

गायिका छन्त्यालको अवस्थाबारे कुनै आधिकारिक जानकारी आएको छैन । तर विमानमा सवारहरुको  सूचीमा उनको नाम रहेको छ । 
उनले आज बिहान मात्रै आफ्नो फेसबुकबाट माघे सङ्क्रान्ति शुभकामना लेखेकी थिइन् ।


यती एयरलाइन्सको कलसाइन ९एन–एएनसी एटीआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि दुर्घटना भएको थियो । प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए ।

जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।

 



Author

थप समाचार
x