संगीत

म्युजिक भिडियोमा उपासनाको डेब्यू तर छैनन् हेर्ने दर्शक

इकागज |
माघ १३, २०७९ शुक्रबार १२:५३ बजे

काठमाडौं - म्युजिक भिडियोमा आउने पैसाले अन्तत: उपासना सिंह ठकुरीलाई पनि लोभ्याएको छ । फिल्ममा मात्र देखिँदै आएकी उपासनाले गायक जनक ताम्राकारको स्वर रहेको “बिजुली” बोलको गीतको म्युजिक भिडियोमा अभिनय गरेकी हुन् । 

 सार्वजनिक गीतमा महेश ताम्राकारको शब्द र संगीत रहेको छ । सिन्धुलीका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडल तथा नायक निराजन प्रधान र नायिका उपासना सिंह ठकुरीको अभिनय देख्न सकिन्छ ।  भिडियोले काम गर्दै गरेको बखत विज्ञापनमा देखिएकी मोडललाई गरेको प्रेम कथालाई देखाएको छ । तर सार्वजनिक भएको २४ घन्टा पुग्‍न लाग्दा गीतले बल्ल १० हजार भ्युज कटाएको छ । जबकि गीत उपासना स्वय‌ंले पनि स्पाेन्सर्ड गरेकी छिन् ।

उपासनाको यो पहिलो म्युजिक भिडियो हो । उनले फिल्ममा मात्रै अभिनय गदै आएकी थिइन् । निराजन भने पछिल्लो समयका व्यस्त मोडल हुन् । 
सार्वजनिक गीतको भिडियोलाई हरि हुमागाईँले निर्देशन गरेका हुन् । थुप्रै म्युजिक भिडियो निर्देशन गरेका हुमागाईँले यस पटक पनि भिडियोमा एउटा फरक कथा बुनेका छन् ।


भिडियोमा उत्तम हुमागाँइको छायांकन रहेको छ भने, प्रविन मानन्धरको वीएफएक्स, कलरिङ र सम्पादन रहेको छ । यस्तै, भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ भने, उदयराज पौडेलको एरेन्ज, शैलेन्द्र एम प्रधान (बाबु)को मिक्सिङ मास्टरिङ रहेको छ ।

 


Author

थप समाचार
x