संगीत

किन मन्‍नतको बालकोनीबाटै फ्यानलाई अभिवादन गर्छन् शाहरुख ?

इकागज |
माघ १७, २०७९ मगलवार १२:५६ बजे

मुम्बई - अभिनेता शाहरुख खान चार वर्षपछि फिल्म ‘पठान’मार्फतको सफल कमब्याकलाई अझ सफल बनाइरहेका छन् । सिद्धार्थ आनन्द निर्देशित यो फिल्ममा शाहरुखसँगै दर्शकले जोन अब्राहम र दीपिका पादुकोणको कामको उत्तिकै तारिफ गरिरहेका छन् ।

शाहरुखले बस्‍ने घरलाई मन्नत नाम दिएका छन् र शाहरुखको याे घर मुम्बई घुम्‍न जाने पर्यटकका लागि एउटा गन्तव्य बन्‍ने गरेको छ । यसरी घुम्‍न गएका बखत शाहरुख यसको बालकोनीमा देखा परेर अभिवादन गरिरहेको पनि भेट्न सकिन्छ । मन्‍नतको यो  बालकोनी उनका लागि सधैं प्रिय छ । यही स्थानबाट उनी फ्यानलाई अभिवादन गर्छन् । शाहरुख फ्यानलाई अभिवादन गर्न बालकोनी नै किन जान्छन् ? यो एउटा रहस्यकै विषय थियो । फिल्म ‘पठान’को सफलतापछि आयोजित कार्यक्रममा शाहरुखले मन्नतको बालकोनी जाने कारण खुलाएका छन् ।


‘मेरो फिल्म हिट हुँदाको जस्तै फ्लप हुँदा पनि फ्यानहरूले मलाई त्यही किसिमको माया दिएका छन् । मेरो परिवारको अग्रजले मलाई एकपटक ‘जब तिमी दुःखी हुन्छौ, त्यो बेला तिमीलाई माया दिने मान्छेसामु जानु’ भनेर भन्नुभएको थियो । यदि कुनै काम हुन सकेन अथवा त्यो गलत भयो भने हामी सबैको जीवनमा गलत हुने चिजहरु हुनेछन् । त्यसमा राम्रा र नराम्रा दुवै दिन आउनेछन्’, शाहरुख भन्छन् ।

शाहरुख अगाडि भन्छन्, ‘मलाई भनिएको थियो, तिमीले काम गर्ने मानिसकोमा नजानु, तिमीलाई कसरी राम्रो गर्न सकिन्छ भनेर बताउने मानिसहरुकोमा जानु । म धेरै भाग्यमानी  छु कि मलाई लाखौं र अर्बौं मानिसहरुले माया दिएका छन् । त्यसकारण म जब दुःखी हुन्छु, त्यो बेला बालकोनी जान्छु । जब म खुसी हुन्छु, त्यो बेला पनि बालकोनी जान्छु । भगवान यति दयालु हुनुभएको छ कि मलाई सधैं बालकोनीको टिकट दिनुभएको छ ।’ शाहरुखको फिल्म ‘फ्यान’मा पनि उनको बालकोनीको दृश्य देखाइएको थियो ।


Author

थप समाचार
x