संगीत

इण्डियन आइडल : शाे जित्छन्, उद्याेगबाट अधिकांश हराउँछन्

पहिलो ‘इण्डियन आइडल’ अभिजित सावन्तदेखि पछिल्लो संस्करणका विजेता पवनदिप राजन के गरिरहेका छन् ?

इकागज |
माघ १८, २०७९ बुधबार १४:४६ बजे

मुम्बई । गायन, नृत्य अथवा अभिनयको रियालिटी शो नै किन नहोस् । ती शोका विजेताहरु सीमित समयवाधिका लागि मात्र चर्चामा रहन्छन् । जब अर्को विजेताको घोषणा हुन्छ, पूर्व विजेताको विस्तारै हराउदै गएका उदाहरण धेरै छन् । उनीहरु कहाँ के गरिरहेका छन् भन्ने भेउ फ्यानले पनि पाउँदैनन् ।

भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल’ विजेताको सूची हेर्ने हो भने यस्तै अवस्था छ । यहाँ पहिलो ‘इण्डियन आइडल’ अभिजित सावन्तदेखि पछिल्लो संस्करणका विजेता पवनदिप राजन के गरिरहेका छन् भन्ने कुरा प्रस्तुत गरिएको छ ।


अभिजित सावन्त

अभिजित सावन्तले पहिलो ‘इण्डियन आइडल’को ट्रफी जितेका थिए । अहिले उनी संगीत उद्योगदेखि गायब नै छन् ।

सन्दिप आचार्य

सन्दिप ‘इण्डियन आइडल २’ का विजेता हुन् । उनको सन् २०१३ मा निधन भइसकेको छ ।

प्रशान्त तामाङ

प्रशान्त ‘इण्डियन आइडल ३’ का विजेता हुन् । उनी लाइभ शो गर्छन् र क्षेत्रीय भाषामा गीत गाउँछन् । यतिमात्र नभई उनी नेपाली फिल्ममा पनि सक्रिय छन् ।

सौरभी देवबर्मा

सौरभी ‘इण्डियन आइडल ४’ कि विजेता हुन् । उनी आजकल लाइभ शोमै गीत गाउँछिन् ।

श्रीराम चन्द्र मयनमपति

श्रीराम ‘इण्डियन आइडल ५’का विजेता हुन् । आजकल उनी संगीत उद्योगमै सक्रिय छन् ।

विपुल मेहता

विपुल ‘इण्डियन आइडल ६’ का विजेता हुन् । उनी अहिले उद्योगबाट गुमनाम छन् ।

अन्जना पद्यनाभन

अन्जना ‘इण्डियन आइडल ७’ की विजेता हुन् । उनी पनि अहिले उद्योगबाट गायब छिन् ।

अनन्या श्रीतम नन्दा

अनन्या ‘इण्डियन आइडल ८’ कि विजेता हुन् । उनी अहिले पनि गायनमै सक्रिय छिन् ।

एलवी रेवन्त

एलवी ‘इण्डियन आइडल ९’का विजेता हुन् । उनी संगीतमा सक्रिय छन् ।

सलमान अली

सलमान ‘इण्डियन आइडल १०’का विजेता हुन् । उनी रियालिटी शो र लाइभ शोमा व्यस्त छन् ।

सनी हिन्दुस्तानी

सनी ‘इण्डियन आइडल ११’का विजेता हुन् । उनी लाइभ शो गरिरहेका छन् ।

पवनदिप राजन

पवनदिप ‘इण्डियन आइडल १२’का विजेता हुन् । उनी लगातार गायन रियालिटी शोमा आफ्नो उपस्थिति जनाउदै आएका छन् ।

न्युज कारखानाबाट


Author

थप समाचार
x