संगीत

सुगमले दिए गीतमार्फत देशलाई माया गर्न सन्देश

इकागज |
माघ २२, २०७९ आइतबार ११:४४ बजे

काठमाडौँ - प्रयास गरौं, परिश्रम गरौं, लगन लगाऊँ, अध्यन गरौं।
यो देशका युबा एकै भयर, सम्भाबनाको सारथी बनौँ ।

माथिका शब्द गायक सुगम पोखरेलको नयाँ गीत ‘किन हुँदैन !’ को हो । साहास शाक्यको संगीत तथा संगीत संयोजन रहेको गीत गायनमा सुगमलाई गायिका संगीता प्रधानले साथ दिएकी छन् । गीतको शब्द चन्द्र प्रसाई ‘परिष्कृत’ ले कोरेका हुन् ।

गीत राष्ट्रिय भावनाले भरिएको छ । गीतको मुल मन्त्र भनेको स्वदेश वा बिदेश जाँहाबाट पनि नेपालको हितमा काम गर्न सकिन्छ भन्ने हो । गीतमा गीतकार परिष्कृतले नेपाललाई माया गर्न र गर्यो भने देशमै सबै संम्भव भएको भावना ब्यक्त गरेका छन् । देश सफल र सबल हुनका लागी एकतामा अडेको दिगो बिकास आवस्यक रहेको गीतमा भनिएकोछ ।
मुकम करोति वाचालम पंगुलम लँगएते गिरिम् ।
यत कृपा तम हम वन्दे परमानन्द माधवम ।

गीत, निकै मार्मिक यो माथिको श्लोकबाट सुरु भएको छ । गीतको आलाप आरसी रिमालले गाएका छन्, र कोरसमा साहस शाक्य, आरसी रिमाल र सौगÞात खनालले साथ दिएका छन् । गीतको भिडियो पनि बनेको छ । जसमा गायक सुगम पोखरेल, ल्याङ्ग्री दादा, सीता सुवेदीको मुख्य अभिनय छ । सुरेन्द्र बसेलको निर्देशन रहेको भिडियोको छायांकन दिनेश पराजुरी र सम्पादन नविन निरौलाले गरेका हुन् । भिडियोको प्रोडक्सन हेड सरोज पोखरेल हुन्, भने निर्माता तेजी प्रसाई रहेकी छन् ।


भिडियोमा देशको गौरवको रुपमा रहेको विभिन्न कलासंस्कृति समेत प्रस्तुत गरिएको छ । गीत, गीतकार संघ नेपालका आजिवन सदस्य गीतकार प्रसाईकै च्यानल प्रसाई सन इन्टरटेनमेन्ट युट्यबबाट सार्वजनिक भएको हो । एकदशक अगाडिदेखि गीत लेखन गर्दै आएका गीतकार परिष्कृतका शब्दमा थुप्रै गीत बजारमा आएका छन् भने धेरैले चर्चा समेत कमाएका छन् । चितवन स्थायी घर भएका प्रसाई सानैदेखि गीत, कविता र गजल लेख्ने तथा गुनगुनाउने गर्दथे ।

 


Author

थप समाचार
x