संगीत

वर्षालाई जीवनको यादले ‘हरपल’ सताएपछि

इकागज |
चैत ३, २०७९ शुक्रबार १६:१ बजे

काठमाडौँ-  नायिका वर्षा सिवाकोटीलाई मोडल जीवन आचार्यको यादले सताएको छ । तर, यो रियल लाइफमा भने होइन । गायिका रानी शाक्यको स्वरमा समावेश ‘हरपल’ बोलको गीतमा वर्षा जीवनको यादमा तड्पिएकी हुन् । अरुण तिवारीको शब्द रहेको गीतमा बिक्रम थापाको संगीत छ ।

सार्वजनिक गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन, नवराज उप्रेतिको छायांकन छ ।गायिका शाक्य अमेरिकामा रहेर पनि निरन्तर गीतसंगीतमा सक्रिय छिन् । 

 



Author

थप समाचार
x