संगीत

माइलाको साइकलमा... (भिडियो)

इकागज |
चैत ६, २०७९ सोमबार ८:५५ बजे

काठमाडौँ- साहित्यकार तथा अनेसासका निवर्तमान अध्यक्ष प्रकाश पौडेल ‘माइला’को शब्द रहेको ‘साइकलमा’ बोलको गीत  सार्वजनिक भएको छ ।  लामो समयदेखि जापानमा रहेर साहित्य क्षेत्रमा समर्पित पौडेलको शब्दमा गायक वसन्त थापा र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत सार्वजनिक भएको हो ।

सङ्गीत संयोजन तथा लय समेत वसन्त थापा रहेको छ । पौडेलले गीतमा गाउँले परिवेशलाई सचित्र उभ्याउने कोसिस गरेका छन् । साइकल, मिल, सल, चौलानी, पराल, भर्‍याङ्ग, कुलो, इनारजस्ता बिम्बहरूलाई उनले गाउँको प्रेमसँग जोडेका छन् । म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र उषा उप्रेतीकोअभिनय देख्न सकिन्छ । 



Author

थप समाचार
x