संगीत

धोकेवाज गायिका एलिना र हेमन्त शर्माको देउडा

इकागज |
चैत १०, २०७९ शुक्रवार ११:३७ बजे

काठमाडौँ- पछिल्लो समय धोकेवाज गायिकाका रपमा परिचित एलिना चौहानले गायक हेमन्त शर्मासँग युगल गायन गरेकी छिन् । गायक शर्मा र गायिका चौहानको देउडा शैलीको गीत बजारमा आएको छ । 

गयक शर्माले गीत मार्फत सुन्दर सुदुरपश्चिमको थोरै सुगन्ध आफ्ना श्रोतामा बाँडन खोजेको बताएका छन् । ‘मायाले नै हो रैछ’बोलको सार्वजनिक गीत हरि उप्रेतीले लेखेका हुन् । तृप्ती खड्काले संगीत गरेको गीतमा गायक हेमन्त शर्माको हुकलाइन रहेको छ ।


सार्वजनिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । गीतको भिडियोमा रुपेश थापाको छायांकन रहेको छ । समारिका ढकाल र विजय पुनले अभिनय गरेको गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका हुन् । भिडियो सम्पादन बिकास धमलाले गरका हुन् ।


 


Author

थप समाचार
x