संगीत

राजु र मेलिनाको स्वरमा रिमेक भएर आयो ‘झरनाको चिसो पानी’

इकागज |
चैत १२, २०७९ आइतबार १०:१४ बजे

काठमाडौँ- ‘झरनाको चिसो पानी’ यो गीत नगुनगुनाउने नेपाली सायदै भेटिएलान् । गीतका रचनाकार सुरेश अधिकारीकै स्वरमा सुन्दै आएका गीतका पारखीहरूले अब यो गीत अन्य दुई गायक गायिकाको स्वरमा सुन्न पाउने भएका छन् ।दुई दशक भन्दा लामो इतिहास बोकेको गीतकार तथा गायक सुरेश अधिकारीको यो गीत यतिखेर नयाँ स्वरमा बजारमा आएको छ । 

सगरमाथा डिजिटल प्रा.लिले गीतलाई रिमेक गरेको हो । जसमा गायक राजु लामा र गायिका मेलिना राईले स्वर दिएका छन् । गीतमा सङ्गीत संयोजन योगेस काजी शाहले गरेका छन् भने मिक्सिङ्ग ,रेकर्डिङ र मास्टरिङ्ग पवन विश्वकर्माले गरेका हुन् ।


गीतकार अधिकारीको शब्द रचनामा सजिएको यस गीतमा निरज कुमार सुनारको सङ्गीत रहेको थियो । कम्पनीले अहिले गीतमा एरेन्ज मात्रै बदलेर रिमेक गरिएको जानकारी दिएको छ । 

‘सबै गीतको रिमेक हुने भाग्य हुँदैन, यो उत्कृष्ट गीत भएकाले रिमेक गरिएको हो,’ कम्पनीका अध्यक्ष हिरा केसीले बताए । गीत रिमेक गर्न रचनाकार, सङ्गीतकार तथा गायक सबै पक्षसँग अनुमति पाएको उनको भनाइ छ । केही दिनअघि सार्वजनिक भएको यस गीतको अडियो अहिले युट्युबको ट्रेन्डिङमा रहेको छ । 

कुलेखानी आसपासका मनोरम दृश्यहरूलाई लिएर भिडियो बनाइएको कम्पनीका अध्यक्ष केसीले बताए । मौसम हिमाली निर्देशित यस भिडियोलाई अनिल के मानन्धरले निर्माण गरेका हुन् । भिडियोमा अभिनेता पुष्प खड्का र ललिना चिमरियाले अभिनय गरेका छन् । 

दुई दशक पुरानो सगरमाथा डिजिटलका एक सयभन्दा बढी लोकप्रिय गीतहरू बजारमा आइसकेका छन् । कम्पनीका तिमी बिनाको जीवन, तिमीले दिने माया, काली पारे दाइ, माया हो माया लगायतका विभिन्न गीतहरू लोकप्रिय छन्  ।

 


Author

थप समाचार
x