संगीत

अष्ट्रेलियाबाट सुनिलले ल्याए 'झुम्कावाली'

इकागज |
बैशाख ३१, २०८० आइतबार १३:१३ बजे

काठमाडौँ-  लामो समय देखी अष्ट्रेलियाको सिड्नी बस्दै आएका गायक सुनिल कटुवालले उनको नयाँ गीत “झुम्कावाली” शनिबार सार्वजनि गरेका छन् ।

सुनिल कटुवाल युट्युब च्यानल मार्फत् सार्बजनिक गरिएको गीतमा नेपालको चर्चित नृत्य समुह भीमफेदी गाईजको सामुहिक नृत्य रहेको छ भने मोडल आभा थापालाई फिचरिङ गरिएको छ ।


दर्जनको हाराहारीमा हिट गीत दिएका कटुवालले गत महिना मात्रै “जब नजिक” बोलको गीत सार्बजनिक गरेका थिए । एक महिनाको अन्तरमा सार्बजनिक गरिएको “झुम्कावाली”मा बोल्ड मोडलका रुपमा चिनिएकी मोडल अनिशा पोख्रेलको समेत फिचरिङ रहेको छ । पोख्रेल र गायक कटुवाललाई श्रेया ज्ञवाली र दिपिका तामाङले साथ दिएका छन् ।

यसअघि सार्बजनिक कटुवालको “कपुरी क”, “ताराबाजी लै लै”, “मुखैमा राम-राम”, “केटो अलि कमाउने होस”, “ डाडँ कटौला”लगायतका गीतहरु चर्चित छन् । भीमफेदी गाईज संग सहकार्य गर्न पाउदा खुसी ब्यक्त गर्दै गायक कटुवालले “ झुम्कावाली”ले दर्शक-स्रोताको मन जित्ने बताए । साथै आगामी दिनहरुमा समेत गीत-संगीतलाई निरन्तरता दिने बताए ।  

सार्वजनिक गीतमा किरण के उप्रेतीको शब्द,पुष्कर सुनुवारको संगीत संयोजन,पवन सुस्लिङको छायाँकन तथा सम्पादन रहेको छ । भीमफेदी गाईजका निर्मल कुमार लामाको निर्देशन रहेको भिडियोमा सपना लम्साल र मन्जु रानाको मेकअप रहेको छ भने, अष्ट्रेलिया अंशको छायाँकन राजीब बस्नेतले गरेका हुन् ।

 


Author

थप समाचार
x