संगीत

शान्तिश्री र विज्ञानको स्वरमा ‘रेलिमाई’

इकागज |
जेठ ५, २०८० शुक्रबार १३:५० बजे

काठमाडौँ-  गायिका शान्तिश्री परियार र गायक विज्ञान न्यौपानेको स्वर रहेको गीत ‘रेलिमाई’को भिडियो सार्वजनिक भएको छ । गीतमा सुर्यकुमार परियारको शब्द, नविन परियारको संगीत, सुनिल परियारको एरेन्ज र एचबीएन किस्मतको मिक्सिङ तथा मास्टरिङ छ ।

सुनिल क्षेत्री निर्देशित भिडियोमा सुनिल क्षेत्री र कविता न्यौपाने फिचर्ड छन् । भिडियोमा दुर्गा पौडेलको छायांकन, अमृत चापागाईको कलर र सम्पादन र टंक कार्की ‘छिमेकी’को प्रोडक्सन छ । भिडियो विज्ञान न्यौपाने युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

 



Author

थप समाचार
x