संगीत

विनोद ढकालको 'सेक्सी नाना' बजारमा

इकागज |
जेठ ११, २०८० बिहीबार १२:२५ बजे

काठमाडौं -  नेपाली रक पप संगित क्षेत्रका स्थापित गायक विनोद ढकाल एण्ड शास्त्र नेपालले म्युजिक भिडियोसहित ‘सेक्सी नाना’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा गायक ढकालले स्वरसँगै गीतारबाट धुन दिएका छन् । सोनाम पाख्रिनको निर्देशन रहेको भिडियोमा सुष्मा अधिकारी फिचर्ड छिन् । भिडियोमा विकास दाहालको सम्पादन र दिनेश पराजुलीको छायांकन छ ।

उक्त ब्याण्डमा मादलमा मनोज धमला, बास गीतारमा दिपेश केसी, सारंगीमा समुन्द्र प्रसाद पन्त, रिदम गीतारमा उज्वल स्याङतान, ड्रम र ब्याण्ड मेनेजरमा भुपिन्द्र दाहाल र किबोर्डमा नवराज लामिछाने रहेका छन । गीतको एरेन्जमेन्ट पुस्कर खत्रीले गरेका हुन् ।

 



Author

थप समाचार
x