संगीत

सन्दीप र सहिमाको ‘पान पाते ओठ’

इकागज |
जेठ २३, २०८० मगलवार १५:२२ बजे

काठमाडौं - गायक सन्दीप न्यौपाने र गायिका सहिमा श्रेष्ठको स्वर रहेको गीत ‘पान पाते ओठ’ सार्वजनिक भएको छ । गीतमा शेर साउदको शब्द र संगीत तथा एचबीएन किस्मतको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ ।

शेर साउद निर्देशित भिडियोमा सन्दीप न्यौपाने, निक्स शर्मा, बद्रीप्रसाद तिवारी, शेर साउद र भावना गुरुङ फिचर्ड छन् । भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन उप्रेतीको सम्पादन, मनोज कार्कीको जीएफएक्स र कलर छ । भिडियोको पोस्ट प्रोडक्सन एलिस इन्टरटेनमेन्टको पोस्ट प्रोडक्सन छ ।


गायक सन्दीपको यसअघि ‘लालुमै’, ‘सान्नानी’, ‘दिलमाया’ लगायतका गीत चलेका गीतमा पर्छन् । नयाँ गीत ‘पान पाते ओठ’बाट गायक न्यौपाने आशावादी छन् । गीतको भिडियो गायक न्यौपानेको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो लिंक


Author

थप समाचार
x