संगीत

‘सोचे झै जिन्दगी रहिनछ’ गायिका मधुको दोस्रो वैवाहिक जीवन पनि संकटमा

इकागज |
असार ४, २०८१ मंगलबार १७:१५ बजे

काठमाडौँ - गायिका मधु क्षेत्रीको वैवाहिक जीवन फेरि पुनः संकटमा परेको खुलासा भएको  छ । उनले आफूलाई घरेलु हिंसा भएको भन्दै केही दिन अघि टिकटक लाइभमा आएकी थिइन् । 

उनले एक वर्ष अघि सुरेश खड्कासँग दोस्रो विवाह गरेकी थिइन् । उनी ६ महिनाअघि अष्ट्रेलिया गएकी हुन् । उनले खड्काका साथै खड्काको परिवारले घरेलु हिंसा गरेको लाइभमार्फत बताएकी छिन् । 


उनी अहिले गर्भवती रहेको पनि उनले बताएकी छिन् । उनले भनेकी छिन्, 'यो अवस्थामा श्रीमान्को कति माया चाहिन्छ मेरो भाग्य पनि रहेनछ ।' 

उनको सोचे झै जिन्दगी रहेनछ लगायत धेरै गीत गाएकी छिन् । दोस्रो विवाहपछि क्षेत्रीले गायन पेशा नगर्ने बताएकी थिइन् । 

उनको पहिलो श्रीमान्सँग वैवाहिक सम्बन्ध बिग्रिएको थियो । श्रेत्रीले पहिलो श्रीमान्सँग सम्बन्ध विच्छेद गरेर दोस्रो विवाह गरेकी थिइन् । पहिलो श्रीमान्तर्फ मधुकी एकजना १८ वर्षीया छोरी छन् । उनी पनि अस्ट्रेलियामै छिन् ।


Author

थप समाचार
x