संगीत

गायक प्रकाश तिमिल्सिनाको निधन

इकागज |
साउन २७, २०८१ आइतबार ८:१० बजे

काठमाडौँ - गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ। उनको शनिबार साँझ पाटन अस्पतालमा मृत्यु भएको हो । 

भैँसेपाटी स्थित डेरामा अचेत अवस्थामा फेला परेका उनलाई परिवारका सदस्यहरूले तत्काल पाटन अस्पताल पुर्‍याएका थिए । तर चिकित्सकले उनलाई मृत घोषित गरे ।


तिमल्सिनाको शव आइतबार बिहान सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने संगीतकार चेतन सापकोटाले जानकारी दिए । तिमिल्सिनाको अन्तिम संस्कार आइतबार पशुपति आर्यघाटमा गरिने बताइएको छ।

तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीत चर्चित छन् । 


 


Author

थप समाचार
x