क्यान्सरसँग जुधिरहेका कलाकार घनश्याम गौतम र राधिका हमालको तिजको गीत बजारमा
काठमाडौँ - हरितालिका तिज नजिकै आइरहँदा तिजको गीत बजारमा ल्याउने होड बढिरहेका छ । यही अवसरमा एक बर्ष देखि क्यान्सर सँग लडिरहेका लोकप्रिय हाँस्य अभिनेता घनश्याम गौतम नक्कली प्रचण्डले पनि यसपालि तिजको गित 'मै अभागी चेली खुशी छैन बरिलै' बजारमा ल्याएका छन् ।
लोक तथा दोहोरी गायिका राधिका हमालसँग तिजको दोहोरी गीत गाएका गौतमको आफ्नै शब्द र लय संकलन रहेको गीतमा राजेश कुमार श्रेष्ठको संगीत संयोजन रहेको छ । थुप्रै प्यारोडी गीत गाइसकेका कलाकार गौतमको यो पहिलो तिज गीत हो । हरेक बर्ष कुनै न कुनै सिर्जना गरिरहने उनले एक वर्ष देखि बिरामी भएर निष्क्रिय जीवन बिताइरहेका थिए । अहिले पनि उनी भक्तपुर क्यान्सर अस्पतालमा किमो थेरापी र ईमोनोथेरापी चढाई रहेका छन् । जति दुख परे पनि दुख बिर्सिएर रमाउन सक्नु नै वास्तविक जिन्दगी रहेछ भन्ने उनको बुझाई छ ।
गीत रेकर्ड गर्दा र भिडियो निर्माण गर्दाको कलाकार गौतमको अनुभव
बिगत एक बर्ष देखि म पेटको आन्द्रा को क्यान्सर भएर कुनै पनि काम गर्न नसकि अस्पताल र घर निस्क्रिय भएर अस्पतालमा उपचार गराईरहेको छु । अझै उपचार चलिरहेको छ । हप्तामा एक पटक एक लाख एक्काईस हजार पाँच सय पर्ने 'आर्बिटेक्स' भन्ने औषधिको ईमोनोथेरापी गरिरहेको छु । दुई दुई हप्तामा किमोथेरापी पनि गरिरहेको छु ।
हरेक बर्ष म गाईजात्रामा प्यारोडी गीत लेख्ने र गाउने गर्थे । तर, यसपालि गाई जात्रामा मैले प्यारोडी गीत त लेखेँ तर रेकर्ड गर्न सकिन मनमा छटपटी भयो । केहीन केही सिर्जना त ल्याउनै पर्यो भनेर मौलिक खालको तिजको गीत लेखे र लय संकलन पनि गरे । अनि डमि बनाएर सम्पादक तथा कोरियोग्राफर प्रेम शर्मा पौडेललाइ सुनाए । उहाँले अहो यो त गज्जब को गीत छ रेकर्ड गर्नु पर्छ भनेर एरेन्ज गर्न दिनुभयो । कसले गाउने त भनेर मैले प्रश्न गरे प्रेम जीले तपाईंले गाउने नि तपाईंले डमि मा गाउनु भएको राम्रो छ त भने पछि म पनि फुर्कि हाले र गाउन तयार भए ।
गायिका को खोज्ने त भन्दा मेरो दिमागमा एउटै नाम आयो राधिका हमाल । मैले उहाँलाई प्रस्ताव गरे उहाँले मेरो सपोर्टका लागि कुनै पारिश्रमिक नलिइ गाइदिनुभयो उहाँप्रति म धेरै आभारी छु । त्यसै गरि यो सबै चाँजोपाँचो मिलाउने प्रेम शर्मा पौडेल हुनुहुन्छ । उहाँले सर्जकलाई धेरै सम्मान गर्नुहुन्छ र माया गर्नुहुन्छ । किमो चढाउँदा अस्पतालमा लेखेको गीत 'मै चेली खुशी छैन बरिलै' ।
रेकर्ड गर्ने दिन ६ गते राधिका हमाल ज्यू सिन्धुपाल्चोक जाने भएर चाँडो रेकर्ड गर्नु पर्ने बाध्यता थियो तर म किमो सकेर त्यही दिन इन्जेक्सन लगाएर कमलादी स्टुडियोमा पुगे । तर म गाउने मुडमा थिइन र किमोले निकै थकित थिएँ । राधिका हमाल जी ले गाउनुभयो । त्यस पछि म पनि सक्छु कि क्या हो भन्ने उत्साह जाग्यो । एरेन्जर राजेश कुमार श्रेष्ठले पनि जानुस् न सक्नु भयो भने ठिकै छ नत्र पछि रेकर्ड गरौंला तपाइको भन्नूभयो । स्टुडियोमा छिरेपछि म मा कसरी शक्ति आयो थाहा छैन शायद नाट्यश्वरीको आशीर्वाद पाए । गीत गाए राम्रो भयो भन्नू भयो । यसरी गित रेकर्ड भयो ।
अनि भिडियो गर्ने कुरा भयो आजभोलि त गित सुन्ने भन्दा पनि हेर्ने चलन छ । प्रेम सर आफैं पनि सम्पादक कोरियोग्राफर हो । उहाँले भिडियो गर्ने भन्नु भयो । मैले सबै कलाकारसँग सहयोग स्वरूप खेलिदिन प्रस्ताव राखे । सबै कलाकारले पारिश्रमिक नलिई अभिनय गर्ने वचन दिनु भयो । सबैको सहयोगले यो भिडियो निर्माण भएको हो । भक्तपुरको सूर्यविनायकमा शुक्रबार भिडियो छायाँकन सम्पन्न भएको छ भने बुधबार कोचे नेपाल यु ट्युब च्यानल मार्फत बजारमा आएको छ ।
गीत 'मै चेली खुशी छैन बरि लै' मा शब्द र लय संकलन घनश्याम गौतमको संगीत संयोजन राजेश कुमार श्रेष्ठ,स्वर राधिका हमाल र घनश्याम गौतम, मेकअप आर्टिष्ट रबी के सी, सहायक मेकअप आर्टिष्ट दिपिका खनाल, छायांकार ज्ञान कुमार कट्टेल, सह छायांकार लिला खनाल, निर्माण कोचे युट्युब च्यानल ,सह निर्माण अभियान साहित्य कलाकार समाज, भक्तपुर युट्युब (koche youtube chhanel)सम्पादन र कोरियोग्राफर प्रेम शर्मा पौडेलले रहेका छन् ।
व्यवस्थापन सह निर्देशन सानू घायल, सह व्यवस्थापन सुरज खड्का र बिजेश बेकोजु, परिकल्पनार निर्देशन घनश्याम गौतमको रहेको छ ।
त्यस्तै भिडियोका कलाकारहरूमा उत्तम के सी, सरिता राजोपाध्याय, गोपाल ढकाल छन्दे, युगज्योति क्रियाशील,अन्जु हमाल, गीता थापा, बिष्णु रोक्का, सुरेश तिमल्सिना, नमस्ते दिवाकर घिमिरे, कृष्ण पौडेल, आइ पि आचार्य, सामना सिटौला, बिना देवी सिटौला, डम्बर घिमिरे, पशुपति दंगाल,गोविन्द निरौला,सानू घायल, मन कुमार बिश्वकर्मा, सुरज खड्का, बिजेश बेकोजु,समीक्षा पौडेल, लिला खनाल,दिपिका खनाल, सुर्यकला आचार्य,लोकनाथ पौडेल, रमेश पंडित, राम प्रसाद सुबेदी, टि आर धमला, कृष्ण प्रसाद चौलागाँई र कैलाश थापा आदिको अभिनय रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया