संगीत

म्युजिक भिडियोमा देखिँदै साम्राज्ञी

इकागज |
असोज ८, २०७८ शुक्रवार १४:५४ बजे

काठमाडौँ-  म्युजिक भिडियोमा खासै नदेखिने अभिनेत्रीमा पर्छिन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । उनै अभिनेत्री शाहलाई दर्शकले अब नयाँ एक गीतको भिडियोमा देख्न पाउने भएका छन् । निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका पुत्र नयाँ कलाकार देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग साम्राज्ञीले स्क्रिन शेयर गर्ने भएकी हुन ।

ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको गीतको म्युजिक भिडियोलाई दिपेश सापकोटाले निर्देशन गर्दैछन् । चर्चित गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा रहेको गीतको शब्द डिपी खनालले कोरेका छन् भने शंकर थापा स्माइलको संगीत र उदय राज पौडेलको संगीत संयोजन गरेको छ ।


गीतमा कोरियोग्राफी माईकल चन्दको रहनेछ । गीतको भिडियोको छायाँकन काठमाडौँका विभिन्न स्थानमा गरिने निर्देशक सापकोटाले बताए । भिडियोलाई ट्री मिडियाको अफिसियल यु—ट्युब च्यानल मार्फत एक कार्यक्रमका बीचमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ । शाह र निर्माण पक्षबीच भएको सम्झौतापश्चात छोटो प्रतिक्रिया दिदै अभिनेत्री शाहले गीत र म्युजिक भिडियोमा प्रयोग गरिने नयाँपन मन परेको कारण काम गर्न लागेको बताएकी छिन् ।

'गीत र टिम दुवै मन परेकाले गर्न लागेकी हुँ । राम्राे हुन्छ भन्ने आश छ' उनले भनेकी  छिन् । साम्राज्ञीले यसअघि नट्टु शाहको भिडियाे र आफ्नै आमाको गीतमा पूर्व प्रेमी देवांश राणासँग भिडियो खेलेकी थिइन् । 


Author

थप समाचार
x