संगीत

काठे लोक दोहोरी अवार्ड २०७८ बाट तीन जना सञ्‍चारकर्मी सम्मानित हुने

इकागज |
असोज १४, २०७८ बिहीबार १३:५९ बजे

काठमाडौँ - पहिलो काठे लोक दोहोरी अवार्ड २०७८ बाट तीन जना सञ्चारकर्मी सम्मानित हुने भएका छन् । काठक्षेत्रका लोकसंगीत संरक्षणमा महत्वपूर्ण योगदान दिएको भन्दै सञ्चारकर्मीत्रय चन्द्रमणी गौतम, डब्बु छेत्री र कमल सरगम सम्मानित हुने भएका हुन् । गौतम रेडियो काठमाडौँका व्‍यस्‍थापक हुन् भने क्षेत्री राजधानी दैनिकमा कार्यरत छन् । सरगमले रेडियो, अनलाइन र टेलिभिजनसम्म दोहोरी क्षेत्रका विभिन्न कार्यक्रम सन्‍चालन गर्दै आएका छन् । 

कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको अवार्डको प्रमुख आयोजकमा सुनाखरी लोक कला संस्कृति संरक्षण केन्द्र रहेको छ । सर्वोकृष्ट गायक, गायिका, शब्द संकलन, संगीत, मोडल, नवप्रतिभालगाएत विभिन्न ३२ विधामा असोजको पहिलो साता वितरण गरिने छ ।
 



Author

थप समाचार
x