संगीत

नयाँ स्वरुपमा शिव परियारको पहिलो गीत

इकागज |
असोज १५, २०७८ शुक्रवार १६:५ बजे

काठमाडौँ -  गजलकार सुरेश वाग्लेको गजल ‘जति बिस्र्यो तिम्रो याद’ सार्वजनिक भएको छ । उनले गजल लेख्नको यात्रा आरम्भ गरेको गजललाई नयाँपन दिदै समयानुसार तयार गरेर सार्वजनिक गरेका छन् । विद्यार्थी जीवनमै कोरेको गजललाई विक्रम संवत २०५९ सालमा रेडियो नेपालमा रेकर्ड गराएका थिए । यसमा स्वर र संगीत शिव परियारको रहेको छ । 

यही गीत मार्फत् २०५९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी राष्ट्रिय आधुनिक गीतमा स्वरतर्फ गायक परियार प्रथम हुन सफल भएका थिए भने गीत पनि उतिकै सफल बनेको थियो । ‘त्यो जमाना अडियोको थियो । अडियो क्यासेट र विशेष गरेर रेडियोहरूमा खुबै बजेको थियो ।


तर, परिवर्तित समयअनुसार रिमेक गरेर भिडियोसहित गीत बजारमा ल्याएका हौं’, गजलकार वाग्लेले भने , ‘पहिले जस्तै अब पनि दर्शक श्रोताले गीत र भिडियोलाई मन पराइदिनु हुनेछ ।’

सार्वजनिक गीतको भिडियोमा अभिनेता सरोज खनाल, पल शाह, आकाश श्रेष्ठ र मोडल तथा कलाकार प्रमिला कार्कीको अभिनय रहेको छ भने गीतको भिडियो निर्देशक निकेश खड्काले तयार पारेका हुन् ।

निर्देशक खड्काले गायक परियार, गीतकार वाग्ले र सिंगो नेपाली गजलक्षेत्रसँग जाडिएको र पृथक  इतिहाँस बोकेको गीतलाई नयाँ ढंगबाट एउटा मीठो प्रेम कहानीका रूपमा भिडियोमा प्रस्तुत गरिएको बताए ।

उनले आफ्ना अन्य सृजना जस्तै यस भिडियोलाई पनि दर्शक स्रोताले मन पराइदिनुहुनेमा विश्वास व्यक्त गरे । यस्तै भिडियोमा अभिनय गरेका अभिनेता सरोज खनाल, पल शाह, आकाश खड्का र प्रमिला कार्कीले पनि एउटा ऐतिहासिक गीतगजलसँग जोडिएर काम गर्न पाएकोमा खुसी व्यक्त गरे ।

‘जति बिर्स्यौ तिम्रो याद’ एउटा मीठो साङ्गीतिक कोसेली भएकाले सबैले रुचाइदिनुहुने कलाकारहरूको विश्वास छ ।  ‘नेपाली वेबसाइट’को’अफिसियल युट्युब’बाट सार्वजनिक गीतको भिडियोमा बुद्ध लामाको छायांकन देख्न सकिन्छ ।

 


Author

थप समाचार
x