संगीत

मुनामदन सम्झाउने विदुरको ‘राजाको हात्ती’

इकागज |
असोज १८, २०७८ सोमवार ९:२४ बजे

काठमाडौँ - खाडीको यात्रा नेपालीहरुको सबैभन्दा तीतो यथार्थ हो । यो यथार्थलाई सर्जकहरुले अनेक शब्द र लयमा अभिव्यक्त गर्दै आएका छन् । यही सिलसिलालाई निरन्तरता दिँदै गीतकारको रुपमा अगाडि आएका छन् विदुर तिमल्सिना ‘देवदूत’ ।

उनले ‘राजाको हात्ती’ बोलको गीत सार्वजनिक गर्दै सामाजिक गीत लेखनको परम्परालाई अगाडि बढाएका छन् । आइतबार मात्र सार्वजनिक भएको यो गीतमा उनले आफ्नो परिवारलाई छाडेर विदेश जानुपर्ने परिस्थितिलाई शब्दमा जीवन्त पारेका छन् । 


चाडबाडको मुखमा श्रीमती छाडेर प्रवासी बन्नुपर्ने पीडा समेटिएको गीतलाई पुस्तक प्रसादले संगीत दिएका हुन् । गीतमा स्वर दिनेश गौतम र अनु सिंहको रहेको छ ।  
गीतले परिवारसँग छुटेर आधा जिन्दगी बाँच्न नपरोस् कुरालाई मार्मिक हिसाबले अभिव्यक्त गरेको छ ।

गीतलाई भिडियोले पनि न्याय गरेको छ । श्रीमान् श्रीमतीको रुपममा मुकुन भुसाल र सृष्टि खड्काले मनछुने अभिनय गरेका छन् । भिडियोलाई प्रिन्स डेनियलले निर्देशन गरेका हुन् भने वसन्त अधिकारी भिडियोको एसोसिएट निर्देशक हुन् । भिडियोलाई उत्सव दाहालले खिचेका हुन् । भिडियोले मुना मदनको कथालाई अभिव्यक्त गर्ने प्रयास गरेको छ । गीत नयाँ नयाँ न्युज च्यानल नामको युट्युबमार्फत सार्वजनिक गरिएको हो । 


 


Author

थप समाचार
x