संगीत

अपेक्षा गिरीको 'निष्ठुरी प्रदेशी'

इकागज |
असोज २५, २०७८ सोमबार १२:१८ बजे

काठमाडौँ- गायिका अपेक्षा गिरीको नया गीत 'निष्ठुरी प्रदेशी' को भिडियो  सार्वजनिक गरिएको छ।अर्जुन पोखरेलको संगीत रहेको 'निष्ठुरी प्रदेशी'को शब्द गायिका अपेक्षा गिरीले नै लेखेकी हुन् । गीतमा एरेन्ज पुरुशितम  सुबेदीको रहेको छ ।

निकै मार्मिक गीत 'निष्ठुरी प्रदेशी' को भिडियोमा चिरञ्जीबि सापकोटा (जीबि चिरन) र गरिमा शर्मा अभिनय रहेको छ ।भारतीय सेनामा गएका आफ्नो श्रीमानको घर आउने बाटो हेरेर बसेकी श्रीमतीको कथामा निकै उत्कृष्ट  भिडियो निर्माण गरिएको छ ।घर आउने श्रीमानको बाटो हेरेर बसेकी श्रीमतीले श्रीमानको लाश आउदाको पिडा भिडियो मार्फत प्रस्तुत गरिएको छ ।


गीतको भिडियोलाई  सिर्जन बराल ( ऋषि ) निर्देशन गरेका  हुन्।अपेक्षा गिरीको ‘अफिसियल यूट्यूव’बाट सार्वजनिक गीतको भिडियोमा शिवसरण न्यौपानेको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ ।

मोफसलमा बसेर गीत संगीतमा राम्रै चर्चा कमाउन सफल गायिका अपेक्षा गिरीको यस अघि सुनिल गिरिसग 'सोल्टिनी' र टंक तिमिल्सिना  'माया नमार्नु नि है' जस्ता सफल गीत सार्वजनिक भईसकेको छ ।

 


Author

थप समाचार
x