संगीत

पल शाहसँगको सम्बन्धमा समीक्षाको स्पष्टिकरण : हामीबीच अनैतिक सम्बन्ध छैन

इकागज |
कात्तिक ७, २०७८ आइतबार ९:४७ बजे

काठमाडौँ - पल शाहसँग चलेको हल्लालाई लिएर समीक्षा अधिकारीले आफ्नो बचाव गरेकी छिन् । आइतबार बिहान लामो स्ट्याटसस फेसबुकमा पोस्ट गर्दै उनले पल शाह र आफूबीच कुनै अनैतिक सम्बन्ध नरहेको र पल शाहलाई आफूले अभिभावक रुपमा लिने गरेको बताएकी छिन् ।

केही समययता फिल्म तथा संगीत उद्योगमा म्युजिक भिडियो मोडल पल शाह र गायिका समीक्षा अधिकारीबीच अन्तरंग सम्बन्ध रहेको चर्चा थियो । यही चर्चालाई केही टेलिभिजन कार्यक्रम र अनलाइनले समाचार बनाएपछि समीक्षा स्पष्टिकरणका लागि अगाडि आएकी हुन् ।


उनले विनास्रोत समाचार नलेख्न र यसरी विनाप्रमाण लेखिएका समाचारले आफू र आफ्नो परिवारलाई दुःखी बनाएको पनि उनले उल्लेख गरेकी छिन् । उनले मिडियामा आएका समाचारले आफ्नो चरित्र हत्या भएको भन्दै फ्यानलाई यस्ता समाचारको पछि नलाग्न पनि आग्रह गरेकी छिन् । 

गायक तथा संगीतकार खेम सेञ्चुरीको एउटा गीतको सुटिंगका क्रममा पल शाह र समीक्षाको चिनचान गाढा भएको र यहीँबाट दुवैबीच अफेयर सुरु भएको बजारमा चर्चा छ । यो सम्बन्ध विवाह गर्ने हदसम्म पुगेको तर समीक्षा नाबालिग भएका कारण रोकिएकोसम्मका समाचार आएका छन् । 

पल शाहको नाम यसअघि आँचल शर्मा र गरिमा शर्मासँग जोडिने गरेको थियो । पल शाहले भने अहिलेसम्म यो विषयमा स्पष्ट जवाफ दिएका छैनन् । पल केही समयदेखि मिडियासँग भाग्दै आएका छन् । समीक्षाले पोस्ट गरेको स्ट्याटस यस्तो छ :
नमस्कार
मलाई समीक्षा अधिकारी बनाउनु हुने मेरा सम्पूर्ण दर्शक स्रोताज्यूहरुमा हार्दिक नमन गर्दछु । पछिल्लो समय मेरो बारेमा नायक पल शाहज्यूसँग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरु आएका छन् ,यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरु मेडियामा आए छन् जसले मेरो चरित्र हत्या भएको छ । यसका साथसाथै पलजीको करिअर माथि आँच आउने किसिमले प्रचारबाजी गरिराखेका छन् । यसो नगर्नुहुन अनुरोध गर्दछु । विना स्रोत अफवाहमा लेखिएका यी समाचारले हामीलाई सामाजिक र चारित्रिक रुपमा निकै नै असर पुर्याएको छ । यस कुराप्रति म र मेरो परिवार खेद प्रकट गर्दछौँ ।एउटै इन्डस्ट्रीमा भएको हिसाबले पलजीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ जुन माया उहाँले आफूसँग जोडिएका सबै सहकर्मीलाई गर्नुहुन्छ र गरिरहनुहुनेछ । मेरो कला र क्षमतालाई माया संरक्षण गर्नुहुन्छ । म उहाँको सदैव फ्यान पनि हुँ । र हामीबीच कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको र हामी केवल साथमा काम गरिरहेका छौँ र हजुरहरुको माया रहेसम्म सधैँ राम्रो काम गरिरहनेछौँ । राष्ट्रको चौथो अंग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरुले पनि यसरी मानहानी र चरित्र हत्या हुने किसिमले लेखिएका समाचारले निकै दुःखी छु । मैले यो अपेक्षा गरेको थिएन । म जे छु जहाँ छु सब मेरा भगवान रुपी दर्शक स्रोताको देन हो र हजुरहरुलाई कुनै पनि कुराले निराश गर्न सक्दिन र गर्नेछैन । मेरो बोरेमा मिडियामा आएका  झुटा समाचारहरुप्रति घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडि नलाग्न हुन हार्दिक अनुरोध गर्दछु । अन्त्यमा सम्पूर्ण पत्रकारज्यूहरुलाई पनि हार्दिक निवेदन गर्न चाहान्छु, कसैको व्यक्तिगत जीवनमा आँच आउने ,मानहानी तथा चरित्रहीन हुने किसिमको समाचार नबनाउनु होला ।
सबैलाई धेरैधेरै माया धन्यवाद ।   


Author

थप समाचार
x