संगीत

एसराज, सुनिता र विकासको ‘मशानघाट–२’

इकागज |
मंसिर १६, २०७८ बिहिवार १०:४८ बजे

काठमाडौं -अभिनेता एसराज गराच पछिल्लो समय बेव सीरीज तथा म्युजिक भिडियोहरुमा सक्रिय छन् । उनले अभिनय गरेका सीरीज तथा म्युजिक भिडियोहरु बेला–बेलामा सार्वजनिक भैरहेका छन् । नृत्यमा पारंगत यी अभिनेताले अभिनय गरेका पिरती बस्यो, सुरिताको दिदी,  पिरतीको लुडो आदि गीतहरु पछिल्लो समय टिकटकमा समेत भाइरल भएका छन् ।

यसैबीच केही महिनाअघि सार्वजनिक भएको गायिका सुनिता खड्काको ‘मशानघाट’  शीर्षकको गीतको सिक्वेल अर्गात ‘मशानघाट–२’ को म्युजिक भिडियो सार्वजनिक भएको छ, जसमा अभिनेता गराचलाई नै मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । ‘मशानघाट’ गीतको सफलतापछि गायिका सुनिता खड्काले यसको सिक्वेल अर्थात ‘मशानघाट–२’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।


गीतमा गायिका सुनिता खड्का तथा गायक प्रताप दासको यूगल स्वर सुन्न सकिन्छ । गायिका खड्काले आफ्नी दिवंगत आमा तारादेवीको सम्झनामा यो गीत तयार पारेकी हुन् । 'मशानघाट–२' का शब्दहरु गायिका सुनिता खड्काले नै तयार पारेकी हुन् । गीतमा जय देवकोटाको संगीत तथा संगीत संयोजन छ ।

केशवराज भट्टद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेता एसराज गराच, विकास लामिछाने तथा गायिका सुनिता खड्काले नै अभिनय गरेका छन् । । दीपक गिरीद्वारा छायांकन गरिएको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका छन् । ओएसआर डिजिटलबाट उक्त भिडियो सार्वजनिक भएको हो ।

 


Author

थप समाचार
x