संगीत

प्रेम परियार र प्रियारानी लामाको  'यो मुटु त तिम्रै हो ' सार्वजनिक

इकागज |
मंसिर १६, २०७८ बिहीबार ११:३७ बजे

धरान - बालगायकको रुपमा एक समय निक्कै चर्चामा आएका  गायक प्रेम परियारले दस वर्षपछि युवा गायकको रुपमा आफ्नो नयाँ गीत  'यो मुटु त तिम्रै हो'  म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्।  यंग माइन्ड्स इन्टरटेनमेन्टको प्रस्तुति तथा   हरिदेवी कोइरालाको निर्माण रहेको गीतको म्युजिक भिडियोमा  डिमन क्षेत्री र  सुप्रिया खनालसंगै प्रिया रानी लामाको अभिनय रहेको छ  ।

मोडल तथा कोरियोग्राफरको रुपमा चर्चित  प्रियारानी लामा अहिले म्युजिक भिडियोमा समेत आफूलाई सक्रिय बनाउँदै छिन्।  म्युजिक भिडियोमा प्रियारानी लामाले  नेगेटिभ भूमिकामा अभिनय गरेको  हेर्न पाइन्छ।  राजेश थापाको संगीत र विष्णु निरौलाको शब्द रहेको गीतको भिडियोको छायाँकार सागर प्रधान, सम्पादन शिलन लम्साल र निर्देशन मुनाल शिशिर कोइरालाले गरेका छन्।  


 


Author

थप समाचार
x