संगीत

नारायण गोपालको ३१ औं स्मृतिमा सांगीतिक कार्यक्रम

इकागज |
मंसिर १९, २०७८ आइतवार १८:१२ बजे

काठमाडौँ - स्वरसम्राट नारायण गोपालको ३१ औं पुण्य स्मृतिका अवसरमा सम्मान तथा सांगीतिक कार्यक्रम आयोजना गरिएको छ । नारायण गोपाल संगीत कोषले आइतबार काठमाडौंमा ‘सम्मान एवम् सांगीतिक समारोह’ कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विभिन्न श्रष्टाहरुलाई सम्मान गरिएको छ भने स्वरसम्राट नारायण गोपालको गीतका साथै सांगीतिक प्रस्तुति गरिएको छ ।

नेपाली आधुनिक सुगम संगीतको दुर्लभ सम्पत्तिका रूपमा मानिने नारायण गोपाललाई आजका पुस्ताले पनि निकै स्मरण गर्ने गरेका छन् । नारायण गोपालका ‘एउटा मान्छेको मायाले फरक पर्दछ जिन्दगीमा...।’, ‘म त लालीगुराँस भएछु’, ‘यो सम्झिने मन छ’, ‘पर्खी बसें आउला भनी’ ‘आँखा छोपी नराेउ भनी’लगायत सबैजसाे गीत लाेकप्रिय छन् । 



Author

थप समाचार
x