संगीत

‘रोडिज’का ग्याङलिडर आशिष राना ‘लाहुरे’ कास्की प्रहरी नियन्त्रणमा

इकागज |
पुस १५, २०७८ बिहिवार १२:२१ बजे

पोखरा -  र्‍यापर आशिष राना 'लाहुरे’ कास्की प्रहरीको नियन्त्रणमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीमाथि लागुऔषध कारोबारमा संलग्‍न रहेकाे आरोप लागेको छ । 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले लाहुरेलाई बुधबार अनुसन्धानका लागि नियन्त्रणमा लिएको पुष्टि गरे । ‘‘उहाँ हामी सँगै हुनुहुन्छ, उहाँलाई लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि ल्याएका हौं,’ उनले भने । उनीसँगै ४ जनालाई कास्कीबाट नियन्त्रण लिएपनि अनुसन्धान जारी रहेकै कारण प्रहरीले यसबारे थप खुलाउन चाहेन । 


अनुसन्धान पुरा भएपछि पूरा जानकारी दिने कास्की प्रहरी प्रवक्ता डिएसपी तिवारी जानकारी दिए ।  ‘लाहुरे’ हाल रोडिजका ग्याङ लिडर हुन् । उनले केही नेपाली सिनेमामा अभिनय पनि गरेका छन् । 


Author

थप समाचार
x