संगीत

धरानमा एकदेव लिम्बू, रचना रिमाल र अस्मिता अधिकारीको कन्सर्ट

इकागज |
पुस १९, २०७८ सोमबार १२:१८ बजे

धरान-  धरानमा गर्माएको सांगीतिक माहोललाई अझ संगीतमय बनाउन युवापुस्ताका तीन लोकप्रिय गायक गायिकाहरु एकदेव लिम्बू , रचना रिमाल र अस्मिता अधिकारी   आउँदो पुस २४ गते शनिबार धरानमा आयोजना हुने 'नेपालआइस मनोरन्जन धमाका २०२२'मा सहभागी हुने भएका छन्। 

धरानको पब्लिक हाइस्कुलको मैदानमा साँझ साढे पाँच बजे देखि आयोजना हुने म्युजिकल कन्सर्टको लागि तीनै जना कलाकारहरु पहिलो पल्ट धरान आउने भएको हुन्।  कार्यक्रममा गायक लिम्बूले आँखामा आउने सपनी , ब्ल्याक एण्ड व्हाइट , मन्द - मन्द , क्या राम्री , तिम्रो मुटुमा, लौ कान्छी , मेरी सानु ,शिरफुल जस्ता थुप्रै लोकप्रिय गीतहरु गाउनेछन् भने   त्यस्तै नेपाल आइडल सिजन २ को थर्ड रनर अप अस्मिता अधिकारीका पनि निक्कै गीत  लोकप्रिय छिन्। 


उनका तिम्रो मायाले बाँधेर राख , टाढा भएपनि , साली मन पर्यो , लज्जावती झार झैँ , को होला त्यो , फल्र्टी माया , सिमसिमे पानी जस्ता थुप्रै हिट गीतहरु रहेका छन्।  उनको भर्खर रिलिज भएको काफल खाने कुइंया बोलको गीत रिलिज भएको एक हफ्ता देखि अहिले सम्म युट्युबको ट्रेन्डिङ्गमा रहेको छ।    नेपाल आइडल सिजन ३ को टप आठसम्म पुगेकी रचना रिमाल पनि अहिलेको चर्चित गायिका मध्ये एक पर्छिन। 

उनको फोटो फिरिममा , उनको प्रित ,एक चिम्टी सिन्दुर , काफल गेडी ,रुमाल चिनो,  छुक छुक रेल जस्ता थुप्रै गीतहरु चर्चित छन्।  एक समय चटपटे वाली गायिका को रुपमा समेत भाइरल बनेकी गायिका रचना रिमालका प्रत्येक अन्तर्वार्ता समेत उनको सोझो जवाफले  भाइरल हुने गर्छन।

 तिनै चर्चित कलाकारहरुलाई सिल्भर इन्टरटेनमेन्टले पहिलो पल्ट धरानमा आयोजना हुने भब्य कन्सर्ट नेपालआइस मनोरन्जन धमाका २०२२ मा  एक साथ उतार्दै छन्।  कार्यक्रममा बिभिन्न आकर्षक डान्स प्रस्तुति समेत राखिएको छ।  नेपाल आइस्  बियरको मुख्य प्रायोजन तथा डिभाइन वाइन प्रिमियमको सह -प्रायोजन रहेको भब्य कन्सर्टमा ब्ल्याक पिग इन्टरटेनमेन्ट,एनएचडीडी स्टुडियो , जेन्टलमेन अनलाईन टिभी , बराह ग्रुप ,एसपी इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट र लोक जगत मोटर्सको विशेष सहयोग रहेको कन्सर्टको गेट टिकट रु २०० मात्र राखिएको छ। 


Author

थप समाचार
x