संगीत

कोरियन ‘बेबी सार्क’ बन्यो युट्युबमा सर्वाधिक हेरिने गीत

इकागज |
पुस ३०, २०७८ शुक्रबार १६:१३ बजे

कोरियन बालगीत ‘बेबी सार्क’ युट्बयुमा सर्वाधिक हेरिने गीत बनेको छ । कोरियन कम्पनी पिंकफङले सिर्जना गरेको यो गीतले युट्यबुमा १० अर्ब दर्शक पाएको हो । 
गत वर्षको नोभेम्बरमा यो गीत युट्युबमा सर्वाधिक हेरिने गीतमा दर्ज भएको थियो । त्यसयता पनि निरन्तर दर्शक पाएको यो गीतले बिहीबार मात्र १० अर्बको आँकडा छोएको हो । 

सन् २०१६ मा रिलिज भएको गीतले सार्वजनिक भए लगत्तै एसियामा रेकर्ड राखेको थियो । १० वर्षकी कोरियन अमेरिकन गायिका होप सिगोइनले गाएको यो गीत अमेरिकामा भने सन् २०१९मा मात्र लोकप्रिय भएको थियो । यसपछि यो गीत निकलोडनदेखि टेड लास्सोमा समेत समावेश भएको थियो । 

 



Author

थप समाचार
x