संगीत

उप्रेतीलाई भ्वाइस किड्स नेपालको पहिलो उपाधि

इकागज |
माघ २, २०७८ आइतबार ७:४१ बजे

काठमाडौं- ग्रान्ड फिनालेमा बाँकी ७ प्रतिष्पर्धीलाई पछि पार्दै बाल गायन रियालिटी शो द भ्वाइस किड्स नेपालको पहिलो सिजनको उपाधि जेनिश उप्रेतीले जितेका छन् । फिनालेमा दर्शकको प्राप्तको मतको आधारमा घोषणा गरिएको च्याम्पियनमा उनी उत्कृष्ट ठहरिए ।

टीम प्रमोदका उप्रेतीले टाइटल जितेसँगै नगद १५ लाख रुपैयाँ हात पारे ।


उप्रेतीसँगै फिनालेमा टीम प्रमोदकै रुक्सना लिम्बु, टीम राजुबाट सुप्रिम मल्ल ठकुरी र पासाङ डिक्की शेर्पा, टीम प्रविशाबाट अनुजा कडरियार सुसमी गुरुङ, टिम मिलनबाट मिन्छामा राई र नुमा राईले प्रतिष्पर्धा गरेका थिए ।

द भ्वाइस किड्स नेपालको पहिलो सिजनको डिजिटल अडिशनमा सहभागी २० हजारले आवेदन दिएका थिए । सोमध्येबाट एक सय जनालाई ब्लाइन्ड अडिसनमा सहभागी गराइएको हो । 

ब्लाइन्ड राउण्डबाट प्रत्येक टिममा १२ जनाका दरले ४८ जना छानिएका थिए । त्यसबाट लाइभका लागि २४ जना छानिए । अनि अन्तिम १६ हुँदै ८ जना फाइनलमा पुगेका हुन्।
 


Author

थप समाचार
x