संगीत

आफ्नो नाम जथाभावी नमुछ्न ब्रिट्नीको बहिनीलाई चेतावनी

इकागज |
माघ ६, २०७८ बिहीबार १४:७ बजे

लसएन्जल्स - १३ वर्ष लामो कन्जरभेटोरीको मुद्दा जितेर ब्रिट्नी स्पेयर्स अहिले स्वतन्त्र छन् । तर परिवारसँगको उनको लफडा भने अझै सकिएको छैन । ब्रिट्नीको बुबा र बहिनी एकातिर छन् भने ब्रिट्नी अर्कोतिर ।

अदालतले ब्रिट्नीलाई बुबाको संरक्षकबाट हटाएर पछि पनि बुबा र बहिनी दुवै ब्रिट्नीको साखुल्ले बन्ने क्रम रोकिएको छैन । बहिनी जेमी स्पेयर्सले यही समयमा आफ्नो संस्मरणात्मक कृति ‘थिंग्स ह्वीच आइ ह्याभ सेड’ निकालेर विवाद बेच्ने प्रयास गरिरहेकी छिन् र यसका लागि उनले ठाउँकुठाउँ ब्रिट्नीलाई जोडिरहेकी छिन् । 


उनले पुस्तकको प्रचार गर्ने क्रममा ब्रिट्नी सानो उमेरदेखि नै विचित्रको स्वभावको भएको र आफू दुई जना मात्र हुँदा अनौठो व्यवहार गर्ने बताएकी थिइन् । उनले एक पटक त चक्कु लिएर आफूलाई तर्साएको पनि घटना वर्णन गरेकी थिइन् । 

जेमीको यस्तो बयानमा ब्रिट्नीका वकिलले अदालतमा चेतावनी पत्र दर्ता गराएका हुन् । चेतावनी पत्रमा आफ्नो किताब बेच्नलाई ब्रिट्नीलाई गलत तरिकाले चित्रण नगर्न सुझाव दिइएको छ । वकिलले ब्रिट्नी सानोमा रक्स्याहा बाबुको दुव्र्यवहार खेप्दै हुर्किएको त्यसका बाबजुद उनले परिवारको भरण पोषणमा योगदान गरेको भन्दै त्यही गुन सम्झेर पनि ब्रिटनीलाई थप दोहन नगर्न आग्रह गरेका छन् । 
 


Author

थप समाचार
x