संगीत

‘गेम’ को लागि राजेशपायल र मिलनको आवाज

इकागज |
माघ ७, २०७८ शुक्रबार ११:१४ बजे

काठमाडौँ - नयाँ नेपाली चलचित्र  ‘गेम’ को गीतहरुको  रेकर्डिङ काठमाडौंको संगम स्टुडियोमा सुरु  भएको छ।  राई इज किङ्ग राजेश पायल राई र मिलन नेवारको आवाजमा उक्त फिल्मको गीत रेकर्डिङ गरिएको हो ।

निर्देशक टेक पौरखीको  निर्देशन रहने नयाँ नेपाली चलचित्र  ‘गेम’मा अपेक्षा सिग्देल (यशोधा) को शब्द तथा संगीत निर्देशन  रहेको छ भने गणेश कुमार चौधरी  संगीत संयोजक रहेको छ ।


काठमाडौं तथा सिक्किममा छायांकन हुने चलचित्र गेमको प्रमुख भूमिकाको लागि नायक दयाहांग राईसंग अनौपचारिक छलफल भईरहेको निर्माण युनिटले जनाएको छ । फिल्ममा नरेन गुरुङ तथा कृष्ण कुमारको लगानी रहेको छ। 


Author

थप समाचार
x