संगीत

समीक्षाको स्ट्याटसको अन्तर्य : पलसँग दूरी, वारपार गर्ने तयारी

इकागज |
माघ ७, २०७८ शुक्रबार १३:२३ बजे

काठमाडौँ -  सायद तिमीलाई नसम्झेको पल हुँदैनन्
रियल लाग्ने सबै अनुहार रियल हुँदैनन् 
चार दिनअघि गायिका समीक्षा अधिकारीले माथिको शेर लेख्दै थपेकी थिइन्, ‘विस्तारै खुल्छ मुकुण्डो ।’

चार दिनअघि उनले लेखेको स्ट्याटसमा उनले कसैको नाम किटेकी थिइनन् तर उनको जीवन पछ्याइरहेका भर्चुअल साथीलाई स्ट्याटस कोप्रति लक्षित थियो भनेर पत्ता लगाउन कुनै कठिन भएन । लगभग दुई सय हाराहारी कमेन्टमा समीक्षाका भर्चुअल साथीलेसमीक्षाको स्ट्याटस मोडल पल शाहप्रति लक्षित रहेको रमाइलो गरी अभिव्यक्त गरेका छन् । 


यही दिन उनले अर्को एउटा स्ट्याटस पनि पोस्ट गरेकी थिइन् जहाँ उनले नारीलाई कमजोर ठानेर उसको भावना वा विश्वासमाथि खेलबाड गर्दा महाकालीले जस्तो विनाश गर्न सक्ने पनि चेतावनी दिएकी थिइन् । 

एकै दिन आएका यी फरक फरक स्ट्याटसले केही समय शान्त जस्तो रहेको पल शाह र उनको सम्बन्धमा ठूलो उथलपुथल आएको अनुमान गर्न सकिन्थ्यो । तर बिहीबार साँझ उनले राखेको स्ट्याटसले त पलसँगको समीक्षाको सम्बन्ध वारपारको अवस्थामा रहेको स्पष्ट जनाऊ दिन्थ्यो ।

मिडियामा छ्यापछ्याप्ती भएको सो स्ट्यासटमा उनले धेरै कुरा नलेखी ६ महिना पुरानो आफैँले लेखेको स्ट्याटसको स्क्रिनसट राखेर पहिले लेखेको स्ट्याटस अरु कसैको दबाबमा लेखेको जुन वास्तविकताभन्दा पर रहेको उल्लेख गरेकी छिन् । 

केही दिनको अन्तरालमा आएका यी स्ट्याटसले समीक्षाले घुमाउरो गरी पल शाहसँगको सम्बन्ध मात्र स्वीकार गरेकी छैनन्, सम्बन्ध बिग्रिएर छताछुल्ल हुने मोडमा पुगेको पनि संकेत गरेकी छिन् । अझ मुकुण्डो उतार्छु भन्ने धम्कीले त समीक्षा पलका विरुद्ध ठूलै एक्सन लिने तयारीमा रहेकोसमेत संकेत गर्छ । 

पल र समीक्षाबीच ‘सुर्ती माड्दै’ बोलको गीतको सुटिङको क्रममा मित्रता गाढा भएको र यहीँबाट अन्तरंग सम्बन्ध सुरु भएको दुवै निकटले बताउँदै आएका छन् । समीक्षाको बयान समेटिएका बजारमा प्राप्त केही अडियोमा पनि समीक्षाले चितवनमा सुटिङ भएको यही गीतबाट पलसँग निकटता बढेको स्वीकार गरेकी छिन् । तर यो सम्बन्ध म्युजिक भिडियोको युनिटभन्दा बाहिर आएको थिएन ।

तर केही समयपछि नै पलले समीक्षालाई वास्ता गर्न छाडेपछि उनी सहाराका खोजीमा पलसँग पहिले काम गरेर उनीसँग टाढिएका केही व्यक्तिको सम्पर्कमा आइन् र यहीँबाट दुवैको सम्बन्ध सतहमा आयो । बजारमा अनेकथरी हल्ला चले । पल शाहले समीक्षासँग विवाह गर्ने वा नगरेमा १ करोडसम्मको क्षतिपूर्ति दिनेसम्मका हल्ला यही समयमा चलेका थिए । यही खबर केही अनलाइनमा आएपछि त, यो सम्बन्धको बारेमा चाल नपाउने कोही भएनन् ।

चौतर्फी समाचार आउन थालेपछि ६ महिनाअघि समीक्षा र पल शाहले बेग्लाबेग्लै स्ट्याटस लेखे जसमा आफूहरू बीच अभिभावक र सहकर्मीबीच हुने खालको सम्बन्ध मात्र रहेको जिकिर गरिएको थियो । समीक्षाले लेखेको स्ट्याटस भने आफ्नोभन्दा पनि पल शाहको बचाऊ गर्ने उद्देश्यले आएको थियो । बिहीबार साँझ समीक्षाले त्यही स्ट्याटस खारेज गरेकी हुन् र यथार्थ बताउने जानकारी गराएकी हुन् । 

पल शाह र समीक्षाको अफेयर गाँठो परेको हो, समीक्षाको उमेरका कारण । सानो उमेरमा नै फिल्मको पाश्र्व गायनमा मौका पाएकी समीक्षा अहिले १८ वर्ष पुगेको पारिवारिक श्रोत बताउँछ । तर नेपालको कानुनले २० वर्ष नभई विवाहलाई वैध मान्दैन । पल र समीक्षाको यो विवाद यही समस्याको कारण आएको जानकारहरु बताउँछन् ।

समीक्षा दुई वर्षपछि नै सही विवाह गर्न चाहान्छिन् र पलसँग त्यही लेभलको सम्बन्ध चाहान्छिन् तर पल भने समीक्षासँग विवाह गर्न तयार छैनन् । पलले आफूहरु बीचको सम्बन्ध दुर्घटना भएको र आफूमा समीक्षालाई विवाह गर्ने खालको भावना नरहेको बताइसकेका छन् । यही कुरामा विवाद बढ्दै जाँदा अहिलेको अवस्था आएको समीक्षा निकट स्रोत बताउँछ ।  


Author

थप समाचार
x