संगीत

आहुतिको शब्दमा राज सागरको स्वर : ‘ए मान्छे’ गीत सार्वजनिक (भिडियोसहित)

इकागज |
चैत १०, २०७७ मंगलबार ६:१९ बजे

काठमाडौँ : जातीय विभेदविरुद्ध लेखिएको ‘ए मान्छे’ गीतको भिडियो सार्वजनिक भएको छ । ५६ औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मूलन दिवसको सन्दर्भ पारेर ‘ए मान्छे’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा लेखक आहुतिका शब्दमा राज सागरको स्वर छ । मर्यादा मिडियाले तयार पारेको भिडियोमा जातीय विभेदको बर्बरता, विभेदविरुद्ध भएका आन्दोलन र आवाजको सम्मीश्रण छ । नेपाली समाजमा जातीय विभेदको फेहरिस्त सुनाउने गीतमा मानिसको रुढीवादी सोचको पराकाष्टा पनि देखाउन खोजिएको छ ।



Author

थप समाचार
x