छिमेक

चिनियाँ कम्युनिस्ट पार्टीको पहिलो बैठक बसेको भवन संग्रहालयमा परिणत, सर्वसाधारणका लागि खुला

अजय अलौकिक |
असार १८, २०७८ शुक्रवार १४:६ बजे

चिनियाँ कम्युनिष्ट पार्टीले सन् २०२१ जुलाई १ तारिख आफ्नो स्थापनाको एक सयौँ वार्षिकोत्सव मनाएको छ । उक्त पार्टीको पहिलो बैठक साङहाई सहरमा सम्पन्न भएको थियो । साङहाईस्थित उक्त भवनलाई सङ्ग्रहालयको रूपमा सर्वसाधारणका लागि खुला गरिएको छ ।


यस सङ्ग्रहालय त्यस बेलाको बैठकमा प्रयोग गरिएका सरसामानसहित विभिन्न दस्तावेजहरू सुरक्षित रूपमा सङ्ग्रहित छन् । स्थापनाकालमा मात्र ५० जना सदस्य रहेको उक्त पार्टीमा हाल ९ करोड ५० लाखभन्दा बढी सदस्य छन् । चिनियाँ कम्युनिष्ट पार्टीले विशाल चीनलाई समृद्धिको बाटोमा डोहोर्‍याउँदै ल्याएको छ । यसै अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ जनता तथा जन गणतन्त्र चीनलाई हार्दिक शुभकामना ।


Author

थप समाचार
x