प्रमुख समाचार

रौतहटमा मतपेटिका लुट्ने पूर्वप्रहरी पक्राउ

इकागज |
जेठ ६, २०७९ शुक्रवार १६:४६ बजे

काठमाडौँ- रौतहटमा मतपेटिका लुटेर भागेका मुख्य आरोपी पूर्व प्रहरी पक्राउ परेका छन् । यमुनामाई गाउँपालिका-२ बस्ने ४६ वर्षीय चन्देश्वर बैठालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता सुनिल मल्लले जानकारी दिए । 

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन २०७९ मा रौतहटको यमुनामाई-२स्थित श्री मावि भेडियाही स्कुलमा रहेको मतदान केन्द्रबाट मतपेटिका लुटिएको थियो।


मतदान स्थगित भएपछि मानिसहरूको हुलले जबरजस्ती प्रवेश गरी बैठाले मतपेटिका लुटेर भागेका थिए।  प्रहरीले हवाई फायर गरेपछि बैठाले मतपेटिका छाडेर भागेका थिए । घटनापछि फरार भएका बैठाको खोजी गरी प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। 

प्रहरी नायब उपरीक्षक मल्लका अनुसार उनी पूर्व प्रहरी हवल्दार समेत हुन् । उनले १७ वर्ष प्रवरी सेवामा संलग्न थिए । विमानस्थलबाट लागू औषधको मुद्दामा परी करिब ३० महिना कैद र २५ हजार जरिवाना भुक्तानी गरी प्रहरीबाट २०७१ सालमा बर्खास्त भएका थिए ।

उनीमाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानूनी कारबाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।


Author

थप समाचार
x