प्रमुख समाचार

राजपुर नगरपालिकाले मातृमृत्युदर घटाउन अल्ट्रासाउण्ड मेसिन खरिद गर्ने

नगरभित्र नि:शुल्क गर्भ जाँच हुने

इकागज |
जेठ ९, २०७९ सोमवार १९:४३ बजे

काठमाडौं- रौतहटको राजपुर नगरपालिकाले मातृमृत्युदर घटाउने उदेश्यले अल्ट्रा साउण्ड खरिद गर्ने भएको छ । नवनिर्वाचित नगर प्रमुख डा. मोराजीक आलमले कार्यभार सम्हाल्दै नगरपालिका भित्र मातृमृत्युदर घटाउन गर्भवती महिलाहरुको निशुल्क गर्भ जाँच गर्न अल्ट्रासाउण्ड खरिद गर्ने निर्णय गरेका हुन् । 

नगरपालिकाले मेशिन खरिद गरी दक्ष जनशक्ति तथा स्वास्थ्यकर्मीलाई तालिम दिने भएको छ ।


उनले नगरपालिका भित्रका गर्भवती महिलाहरूको निशुल्क गर्भ जाँच गर्ने पनि निर्णय गरेका छन  ।

नगरवासीको समान र सहज पहुँच अभिवृद्धि गर्ने उद्देश्यले स्वास्थ्य सेवामा खर्च घटाउने व्यवस्था गरेको छ । सबै वर्ग, भौगोलिक र समुदायको मानिसमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउनु पहिलो उद्देश्य हुनेछ ।


Author

थप समाचार
x