प्रमुख समाचार

ललितपुरमा भोलिदेखि खोप कार्यक्रम स्थगित

इकागज |
असार १३, २०७९ सोमवार १७:४३ बजे

फाइल तस्बिर

काठमाडौँ- ललितपुर महानगरपालिकामा भोलिदेखि (मंगलबार) खोप कार्यक्रम स्थगित हुने भएको छ । सरकारले पर्याप्त मात्रामा खोप उपलब्ध नगराउँदा ५ देखि १२ वर्षसम्मका बालबालिकालाई लगाइने खोप अभियान कार्यक्रम स्थगित भएको हो ।

अर्को सूचना जारी नभएसम्मका लागि खोप अभियान बन्द भएको हो । महानगरले सम्बन्धित व्यक्तिमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।


महानगरले यसअघि असार १० देखि १५ गतेसम्म खोप लगाउने मिति सार्वजनिक गरिएको थियो । सरकारले खोपको सुनिश्‍चितता गरेपछि पुनः अर्को सूचना प्रकाशन गरी खोप लगाउने मिति सार्वजनिक गर्ने महानगरले बताएको छ ।

 


Author

थप समाचार
x