प्रमुख समाचार

मन्त्रालयकाे निर्देशन

'हैजा फैलन सक्छ देशभरका अस्पताल र स्वास्थ्यकर्मी तयारी अवस्थामा रहनू'

इकागज |
असार १६, २०७९ बिहिवार १८:१२ बजे

फाइल तस्बिर

काठमाडौँ- मनसुन सक्रिय रहेकाले विभिन्न सरुवा रोग तथा हैजा फैलन सक्ने भएकाले अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

बिहीबार जारी गरिएको विज्ञप्तिमा विपद्का घटना तथा महामारी प्रतिकार्यको लागि सतर्क एवम स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन बताएको छ । शैय्याको व्यवस्थापन, औषधि, उपकरण तयारी गरी राख्नुपर्ने, अस्पतालसँग समन्वय गर्नुपर्नछ, आपतकालीन विपद व्यवस्थापनलाई तयारी र विपद् उद्धार व्यवस्थापनसँग समन्वयमा रहनुपर्ने छ,' विज्ञप्तिमा लेखिएको छ ।


मनसुनजन्य प्राकृतिक संक्रामक रोगहरू र हैजा फैलन सक्ने बताइएको छ । जनस्वास्थ्यमा पर्न सक्ने क्षतिलाई न्यूनीकरण गर्न सबैलाई सावधानी र सतर्क अपनाउन मन्त्रालयले अनुरोध गरेको छ ।


Author

थप समाचार
x