प्रमुख समाचार

के तपाईंको भर्खरै जन्मेको शिशु स्वस्थ छ ? साउन २० गते पुरस्कार जित्‍न सक्छ है !

कोभिड-१९ सुरु भएपछि रोकिएको प्रदर्शनी पुनः सुरु

इकागज |
असार १६, २०७९ बिहिवार १८:४६ बजे

फाइल तस्बिर

काठमाडौँ- के तपाईंको शिशु भर्खरै जन्मेको छ ? स्वस्थ्य र आकर्षक छ भने पुरस्कार जित्न सक्छ है ! अबको एक महिनामा थापाथलीस्थित परोपकार प्रसुती स्त्री रोग अस्पतालमा जन्मेदेखि १ वर्षसम्मका ५८ औँ शिशु प्रदर्शनी हुने भएको छ ।

अस्पतालले आगामी साउन २० गते (शुक्रबार) बिहान ९ बजेदेखि प्रदर्शनीमा शिशुसहित अभिभावकलाई सहभागी हुन अनुरोध गरेको छ ।


अस्पतालका अनुसारका प्रदर्शनीमा जन्मेदेखि ४५ दिनसम्म । ४६ दिनदेखि ६ महिनासम्म र ६ महिना १ दिनदेखि १ वर्षसम्मका शिशु हुनेछन् । प्रदर्शनीमा ल्याइएको शिशुहरू परोपकार अस्पतालमा जन्मेको हुनुपर्ने छ ।

इच्छुक अभिभावकले असार १६ देखि साउन १५ गते बिहान ९ देखि २ बजेसम्म फारम भरिसक्नु पर्ने छ । अस्पतालले जारी गरेको सूचनामा भनिएको छ,' अस्पतालको अर्थ शाखाको नगद काउन्टरबाट एक सय रुपैयाँ तिरेर भौचरसहित ओपीडीबाट फारम प्राप्त गर्न सकिनेछ ।'

प्रदर्शनीमा पुरस्कृत हुने शिशुलाई भदौ ५ गते कृष्ण जन्माष्टमीमा अस्पतालको वार्षिकोत्सवमा पुरस्कार ट्रफी र प्रमाणपत्र दिने अस्पतालले जनाएको छ । यसअघिको प्रदर्शनीमा करिब दुई सय शिशुहरू प्रदर्शनीमा रहने गरेका थिए ।

कोभिड-१९ महामारी सुरु भएपछि प्रदर्शनी रोकिएको थियो । संक्रमित संख्या कम हुँदै गएकाले यसपटक प्रदर्शनी आयोजना गरिएको अस्पतालले जनाएको छ ।



Author

थप समाचार
x