प्रमुख समाचार

औद्योगिक क्षेत्रमा कोरिया जाने कामदारको भाषा परीक्षा साउन २ गतेबाट

इकागज |
असार २८, २०७९ मंगलबार १०:१२ बजे

फाइल तस्बिर

काठमाडौँ- औद्योगिक क्षेत्रमा कोरिया जाने कामदारको लागि भाषा परीक्षा साउन २ गतेबाट भदौ ९ गतेसम्म हुने भएको छ । ललितपुरको भैँसेपाटीमा परीक्षा हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

औद्योगिक क्षेत्रमा काम गर्न जानका लागि पहिलो र दोस्रो चरणको परीक्षामा कूल ३३ हजार ९९५ परीक्षार्थी सहभागी हुनेछन् । भाषा परीक्षा तीन सिफ्टमा हुने भएको छ । बिहानी र दिवाकालीन समयमा परीक्षा हुने भएको हो । १०, साढे ११ र २ बजेदेखि परीक्षा सुरु हुने छ ।


परीक्षार्थीको बायोमेट्रिक परीक्षण परीक्षाको अघिल्लो दिन हुने भएको छ । ८ बजे, ९ र १२ बजे परीक्षण हुने छ ।

यसअघि ईपीएस शाखाले कृषि क्षेत्रमा जाने कामदारको परीक्षा लिइसकेको छ । शाखाले जेठ १९ गतेदेखि असार ३ गतेसम्म लिएको कृषि तथा पशुपालन क्षेत्रतर्फको भाषा परीक्षामा ६ हजार १०६ मध्ये जम्मा १८ सय ९ जना मात्र उत्तीर्ण भएका हुन् ।

दोस्रो चरणको परीक्षा भदौ २० गतेबाट असोज २१ गते सम्म हुने छ । कुनै कारणवश केही समस्या भएमा दोस्रो चरणको परीक्षा समय सर्न सक्ने शाखाले बताएको छ ।

पहिलो चरणको परीक्षाको नतिजा भदौ १७ गते प्रकाशन हुनेछ । दोस्रो चरणको परीक्षाको नतिजा मङ्सिर २ गते प्रकाशन हुने शाखाले जानकारी दिएको ।

 


Author

थप समाचार
x