प्रमुख समाचार

बधाई पाएको १८ महिनापछि विभूषित तस्बिरले सामाजिक सञ्‍जाल रंग्याउन पाउँदै

राष्ट्रपतिबाट ४५० जना विभूषित हुँदै

इकागज |
चैत २४, २०७७ मंगलबार २२:५३ बजे

काठमाडौँ: विभूषण प्राप्तिका सूचीमा दर्ज पात्रहरूले बिर्सिसके होलान्, अठार महिनाअघि घोषित विभूषण । अठार महिनासम्म सम्झने स्थिति पनि हुन्न । त्यसमा पनि संविधान दिवस-२०७७ को संविधानका दिन अर्काे बाक्लो विभूषणको सूची पनि सार्वजनिक भइसकेको स्थिति छ । 

अठार महिनाअघि विभूषणको सूची सार्वनिक हुँदा तिनले बधाई त पाए, तर राष्ट्रपतिको हातबाट विभूषित भएको रंगीन तस्बिरले सामाजिक सञ्‍जाल रंग्याउन पाएका थिएनन् । अब तीन दिनपछि शितल निवासमा विभूषित तस्बिर  सामाजिक सञ्‍जालमा पोष्ट गर्न पाउनेछन् ।


हाम्रो गृह मन्त्रालय चाहिँ अठार महिनाअघि घोषित विभूषण भर्खर वितरण गराउँदैछ, छ महिनाअघि असोज-२ मा घोषित २०७७ का ‘महानुभाव’हरूले कहिले पाउने ठेगान छैन ।

गृह मन्त्रालयका अनुसार, संविधान दिवस-२०७६ असोज ३ मा विभूषण निम्ति घोषित ‘महानुभाव’हरू यही चैत २७ गते विभूषित हुनेछन् । विभूषणका सूचीमा दर्ज पात्रहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट विभूषित हुनेछन् ।

मन्त्रालयले राष्ट्रपतिबाट घोषित विभूषणमध्ये मानपदवी प्राप्त गर्ने ४ सय ५० जनालाई विभूषित गर्ने कार्यक्रम घोषणा गरेको छ । अठार महिनाअघिको संविधानका दिवसका दिन ६ सय ३३ जना विभूषण पाउनेको नाम सार्वजनिक भएको थियो ।
 


Author

थप समाचार
x