प्रमुख समाचार

मौसम विश्लेषण

देशैभर फैलियो तुवाँलो, सतर्कता अपनाउन आग्रह

इकागज |
चैत २५, २०७७ बुधबार ६:३३ बजे

काठमाडौँ : मुलुकको धेरै भू-भागमा तुवाँलो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश , लुम्बिनी प्रदेश लगायत अन्य  केही पहाडी भू-भागमा मौसम आंशिकदेखि सामान्य बदलीसमेत रहेको महाशाखाले जानकारी दिएको हो ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श सार्वजनिक गर्दै महाशाखाले भनेको छ,'देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही  पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना  रहेको साथै देशको तराई र पहाडि भु-भागका अधिकांश स्थानमा तुवाँलो लागेकोले सो वाटसमेत बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।'


आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र २५ गते (बुधबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली  रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै  स्थानहरुमा र बाँकि पहाडी भू-भागका एक वा दुइ स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा / हिमपातको सम्भावना रहेको छ ।

राति : प्रदेश नं १ र सुदुर पश्चिम प्रदेश साथै अन्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

चैत्र २६ गते (बिहिबार)

दिउँसो :   देशका पहाडी भू-भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू-भागमा मौसम आंशीक बदली  रहने छ। पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र २७ गते (शुक्रबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि समान्य बदली रही बाँकी भू-भागमा मौसम आंशीक बदली  रहने छ। पहाडी भू-भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


Author

थप समाचार
x