प्रमुख समाचार

७५ जिल्लामा पुग्यो स्वास्थ्य बीमा

बुधबारबाट थप ६ जिल्लामा लागू

इकागज |
चैत २५, २०७७ बुधवार १७:२५ बजे

काठमाडौँ : नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले थप ६ जिल्लामा सञ्‍‍चालन हुने भएको छ । पाँचौ स्वास्थ्य बीमा दिवसको अवसरमा बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा सरकारले थप ६ वटा जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्‍चालन गर्ने घोषणा गरेको हो । 

बुधबारबाटै स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुनेगरी ताप्लेजुङ्ग, बारा, सर्लाही, दोलखा, मनाङ्ग र मुस्ताङमा कार्यक्रम सुरु गरिएको छ । स्वास्थ्य बीमा सेवालाई नेपाल सरकारले सञ्‍चालनमा ल्याएको नागरिक एपमा पनि समावेश गरिएको छ । 


कार्यक्रम शुभारम्भ गर्दे स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले स्वास्थ्य बिमा कार्यक्रमलाई नेपाल सरकारले धेरै नै महत्व दिएको बताए । उनले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सबै कर्मचारी पदाधिकारी लाग्‍नुपर्नेमा  जोड दिए । विद्यमान स्वास्थ्य सेवा प्रणालीका सबै समस्या एकै पटक समाधान गर्न नसकिने भन्दै मन्त्री त्रिपाठीले कार्यक्रमबाट पछाडी फर्कने विकल्प नरहेको बताए । 

मन्त्री त्रिपाठीले स्वास्थ्य बिमामा सहभागी भएका विमितहरूको सेवा सुविधामा हेलचेक्र्याइ नगर्न सचेत गराए । स्वास्थ्यबिमाका विमितहरूलाई दिइने सेवा सुविधालाई बोझको रूपमा नहेर्न उनले चेतावनी दिए । उनले भने, “अस्पतालले विमितलाई दिने सुविधालाई थप बोझको रूपमा बनाउने प्रयत्‍न सेवाग्राही संस्थालाई अस्पतालहरूले नगर्नुहोस् । आफ्नो संस्था आफैले सुदृढ गर्ने काममा लाग्‍नुहोस्  । विमितहरु आए पालो दिन सकिएन भनेर पन्छिन मिल्दैन ।”

नेपाल सरकारले २०७२ चैत्र २५ देखि स्वास्थ्यबीमा कार्यक्रम सुरु गरेको हो । पहिलो कार्यक्रम कैलाली जिल्लाबाट सुरु गरिएको थियो । थप ६ जिल्लामा विस्तार भएसंगै स्वास्थ्यबीमा कार्यक्रम आजबाट ७५ वटा जिल्लामा लागु भएको छ । यो कार्यक्रममा सहभागी भएका विमितहरूले औषधी र उपचार सेवामा सहुलियत पाउनेछन् । 

५ जना सम्मको परिवार भएको विमितले प्रति वर्ष ३ हजार ५ सय रुपैया प्रिमियम शुल्क तिरेमा स्वास्थ्य बीमा कार्यक्रमको सम्पुर्ण सुविधा लिन पाउछन् । आज थपिएका ६ जिल्ला बाहेक ६९ वटा जिल्लामा करिब ३७ लाख ४२ हजार ६ सय जना बीमा कार्यक्रममा सहभागी भइसकेका छन् । 


Author

थप समाचार
x