प्रमुख समाचार

कांग्रेस पदाधिकारी बैठकमा देउवा र पौडेल सहभागी नहुने

इकागज |
चैत २९, २०७७ आइतबार १५:१३ बजे

काठमाडौँ : नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल सहभागी नहुने भएका छन् । भोलि सोमबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा तय गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पदाधिकारी बैठकमा सभापति देउवा र नेता पौडेल सहभागी नहुने सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
 
‘भोलिको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र संरचना समायोजन र महाधिवेशनबारे छलफल गर्न पदाधिकारीको अनौपचारिक बैठक बस्न लागेको हो,’ स्वकीय सचिव देउवाले इकागजसँग भने, ‘त्यसमा उपसभापति, महामन्त्रीलगायतका पदाधिकारीसहित नेताहरू सहभागी हुनुहुन्छ । सभापति र वरिष्ठ नेता सहभागी हुनुहुन्‍न ।’

दुई बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन् । केन्द्रीय कार्यालयमा नेताहरू आउने क्रम सुरु भएको तर बैठक सुरु नभएको केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।   
 



Author

थप समाचार
x