प्रमुख समाचार

काठमाडौँबाट गएका फोहोरका गाडीहरू बञ्‍चरेडाँडा पुगे

इकागज |
भदौ २, २०७९ बिहिवार १५:३५ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रहरीको सहयोगमा काठमाडौँबाट फोहोरका गाडीहरू बञ्चरेडाँडा पुगेका छन् । बिहीबार  काठमाडौँ महानगरपालिका, नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति र समानान्तर ग्रुपको ६० वटा फोहोरको गाडी सिसडोल तर्फ गएको थियो ।

फोहोर गाडीहरु बिना अवरोध बञ्चरेडाँडा डाँडा पुगेको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । उनले भने,' काठमाडौँबाट गएका फोहोरका कुनै पनि अवरोध भएको छैन । प्रहरीको सहयोगमा निरन्तर बञ्चरेडाँडा डाँडामा पुर्‍याइएको छ ।'


उनले सर्वदलीय मिटिङ पनि बसिरहेकाले अवरोध हट्ने विश्वास व्यक्त गरे । बिहानै केही समय बुधबार पक्राउ परेका स्थानीयलाई छोड्न माग गर्दै उनीहरूले फोहोर बोकेका गाडी बाटोमै रोकेका पनि थिए ।

टेकुको फोहोर ट्रान्सफर्मर स्टेसनबाट विभिन्न व्यवसायीको सहयोगमा सिसडोल तर्फ फोहोरका गाडी गएका थिए ।

 

 


Author

थप समाचार
x