प्रमुख समाचार

देशैभर घटस्थापनादेखि पूर्णिमासम्म यात्रुवाहक सवारीसाधनलाई रुट खुला

इकागज |
भदौ २३, २०७९ बिहिवार १४:४२ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले दसैंमा यातायात आवागमन सहज बनाउन ठूला तथा खाद्यान सामग्रीको ट्रेलर जस्ता सवारीसाधनलाई असोज १५ देखि २२ गतेसम्म लगाउने भएको छ ।

यात्रुवाहक सवारीसाधनलाई घटस्थापनादेखि पूर्णिमासम्म देशभर सबै रुट परमिट खुला गरिने यातायात व्यवस्था विभागले जनाएको छ । बाटो तथा प्राकृतिक संरचनाका कारण चल्न निषेध गरिएका सवारीसाधनलाई बन्द गरिने व्यवस्था कायमै राख्‍ने भएको छ ।


विभागले अनाधिकृत काउण्टर र परिचयपत्र नभएका व्यक्तिसँग टिकट खरिद नगर्न अनुरोध गरेको छ । यातायात व्यवसायीहरूले अनलाइन टिकट बुकिङको व्यवस्था मिलाउनु पर्ने छ ।

अनलाइन टिकक बुकिङ गर्ने यात्रुलाई व्यवसायीले छुट तथा सहुलियत प्रदान गर्नुपर्नेछ । अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र भित्रिने सवारीसाधन यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदुरहरूसँग समन्वय गरी सहकार्य गर्नुपर्नेछ ।

कोभिड-१९ बाट सुरक्षित रहनका लागि यात्रुलाई अनिवार्य मास्कको प्रयोग लगाउनुपर्नेछ । यात्रा गर्दा अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्नेछ ।मुख्य सडकको मर्मत गरी यातायात सञ्चालनमा सहज बनाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने । आवश्यक यातायातको व्यवस्था व्यवसायीले गर्नुपर्नेछ ।

यसपालिको दसैंको लागि आगामी असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवसायीहरूले मध्यम तथा लामो दूरी यात्रा गर्ने यात्रीका लागि १ गतेबाट टिकट खुला गर्ने भएको हो ।

 


Author

थप समाचार
x