प्रमुख समाचार

ओली र ठाकुरबीच बालुवाटारमा भेटवार्ता

इकागज |
बैशाख २, २०७८ बिहीबार १८:३७ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ‌ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा सत्ता समीकरणबारे छलफल गर्न बनाइएको एमाले-जसपा का कार्यदलका सदस्यहरू पनि सहभागी थिए । 

भेटवार्तामा सहभागी एक नेताका अनुसार जसपाले सरकारसँग राखेका कसरी समाधान गर्ने भन्‍ने विषयमा छलपफल भएको थियो । तर, सत्ता समीकरणबारे कुनै कुराकानी नभएको भेटवार्तामा सहभागी नेताहरूले बताएका छन् । 


ओलीले जसपासँग कुरा गर्न संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको कार्यदल बनाएका थिए। जसपाको कार्यदलमा सर्वेन्द्रनाथ शुक्ला र लक्षमणलाल कर्ण छन्।

जसपामा वर्तमान सरकारलाई सहयोग गर्ने कि नयाँ सत्ता समीकरण बनाउने भन्‍नेमा दुई धार छ । नेताहरू बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीको विरुद्धमा छन् भने अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो ओली सरकारको पक्षमा छन् । 

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीले संसदमा विश्‍वासको मत लिनु पर्ने हुन्छ। त्यस्तो अवस्थामा जसपालाई आफूतिर तान्ने प्रधानमन्त्रीको प्रयास छ। तर, पार्टीभित्रको विवादका कारण जसपाले कसलाई सहयोग गर्ने भन्‍नेबार निर्णय लिन सकेको छैन । 


Author

थप समाचार
x