प्रमुख समाचार

भक्तपुर–२ मा एमालेका महेश बस्नेतलाई हराउँदै कांग्रेसका दुर्लभ थापा विजयी

इकागज |
मंसिर ८, २०७९ बिहीबार ५:४४ बजे

भक्तपुर– भक्तपुर क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा विजयी भएका छन् । थापा ९ सय ५९  मतान्तरले विजयी भएका हुन् । 

उनले २४ हजार २३८  मत ल्याउँदा उनका  प्रतिस्पर्धी एमालेका महेश बस्नेतले २३ हजार २७९  मत ल्याएका छन् ।


२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई पराजित गर्दै एमालेका बस्नेत निर्वाचित भएका थिए ।
 


Author

थप समाचार
x